२६ पुष २०८२, आइतबार
11-01-2026 , Sun
×

घरबेटीकी छोरी (लघु कथा)

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

‘इन्जिनिएर सापलाई आज तिते करेलीको अचार र लौकाको तरकारी’ भातको कुकरमा सिटी लगाउन समेत अल्छी लाग्ने मलाई अचार–तरकालीको स्वाद चखाउने ऊ नै त हो । आहा, कस्तो मिठो पकाउँछे घरबेटीकी छोरीले ।

अचार र तरकालीको कचौरा थोत्रो टेबुलमा राखेपछि मेरा आँखै अगाडि उसले मुख कुचुक्क पार्दै हात नचाई । सेतो दाद आएछ ।

मैले उसको दाहिने हात आफ्ना हातमा राखेर सान्त्वना दिएँ, ‘पिर नगर, बेलुका धुरी कटाएर अगुल्टामा लुतो फालेपछि चट्ट हुन्छ ।’

‘हरिया चुरा देखाको पागल’, ऊ ठसक्क परेर कम्मर मर्काउँदै माथिल्लो तला उक्ली । ऊ ठसक्क पर्दा र मसक्क पर्दा म नहेरी बस्न सक्दिनँ । हेरिरहें । उसले पकाउने तरकारी जस्तै स्वादिली छे ऊ ।

बेरोजगार इञ्जिनियर बन्नु पनि निकै गाह्रो हुँदो रहेछ । सबैलाई आशा छ, आफूलाई भरोसा छैन । भरोसा त आफ्नोभन्दा पनि घरबेटीकी छोरीको छ मलाई । कयौं पटक त मेरो कोठा भाडा समेत उसैले तिरिदिएकी छे, आफ्नै हिटलर बाउलाई । मैले दिएको भनेर ।

तनाब भो । घरबेटीकी छोरीलाई बिहेको लागि हेर्न केटाहरू आएको आयै छन् । यस्तो बेरोजगारीमा उसकै घरभित्र उसैलाई कसरी भित्र्याऊँ रु

आज धुरी कटाउने अगुल्टोसँगै मनभित्र राँकिएर खरानी पर्न आँटेका उसका यादहरू पनि कटाउँछु सायद । नाइँ, उसले मलाई यस्तो कठोर बन्न सिकाएकै छैन । म डेरा सर्दैछु ।
घरबेटी बुढोले सानो स्वरमा अमेरिका र अष्ट्रेलिया भनेको सुन्दैछु । उसको मनले चाहिं डेरा सर्ने नसोचोस् प्रभू ?

प्रकाश गिरी (लघु कथा)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]