२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

एकै परिवारका १८ जना कोरोना संक्रमित निको भइ अस्पतालबाट डिस्चार्ज

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,११ जेठ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार एकै परिवारका १८ जना कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट आइतबार राति डिस्चार्ज भएका हुन् ।

                          ईदको शुभकामना

उनीहरुमध्ये एक जना गत बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनको परिवारका अन्य १७ जना बैशाख २४ गते कोरोना पुष्टि भएसँगै अस्पताल भर्ना भएका थिए ।

उनीहरु सबैको पछिल्लो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आजै डिस्चार्ज गरिएको डा. सिंहले बताए ।

अस्पतालबाट घर नजिकै रहेका कारण राति नै डिस्चार्ज गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]