२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

काेराेनामुक्त भएर घर फर्किए बाँकेका एक युवक

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७

न्यूजमधेश सम्बादाता
बाँके,१२ जेठ । बाँकेमा एक युवक काेराेनामुक्त भएर घर फर्किएका छन्।

खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-८ का १८ वर्षीय युवक पूर्णरूपमा स्वस्थ भई घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार खजुरास्थित कोरोना विशेष अस्पतालमा उपचारपछि स्वस्थ भएर घर फर्किनेको संख्या अब २२ पुगेको छ।

तीन दिनअघि मात्रै नेपालगञ्जका पहिलो संक्रमितसहित एकैपटक २१ जना कोरोनामुक्त भएर घर फर्किएका थिए।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचार गराइरहेका युवकमा दोस्रोपटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि स्वास्थ्य परामर्शका साथ घर पठाइएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए।

खजुराको कोरोना विशेष अस्पतालमा रहेका नेपालगञ्ज-८, जोलाहनपूर्वाका अझै तीनजनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको उनकाे भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]