१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

राहत नदिएको भन्दै नगरपालिका घेराउ

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

न्यूजमधेश सम्बादाता
सप्तरी,१४ जेठ। जारी लकडाउनले जनता भोक भोकै मर्न लाग्दा समेत कञ्चनरुप नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्न चासो नदिएपछि मंगलबार गरिवहरुले नगरपालिका घेराऊ गरेका छन् ।

कञ्चनरुप नगरपालिकाले लकडाउन सुरु भएको तेस्रो साता एक पटक मात्रै राहत वितरण गरेको थियो । राहत वितरण गर्दा पनि अधिकाश वडाले १०÷१५ केजी चामल वितरण गरेको थियो ।

कञ्चनरुप नगरपालिका–५ रामपुर पथरीका ५१ बर्षिया मलर सदा खानै नपाएर ज्यान गुमाएका छन् । तर नगरपालिकाले मलर सदा रक्सी खाने गरेको र दम्म रोगबाट पिडीत रहेको भन्दै नगरपालिकामा कोही पनि व्यक्ति भोकै बसेको जानकारी दिन नआएको विज्ञप्ति तीन दिन अघि जारी गरेको थियो ।

नगरपालिका भित्रका दलित एवं गरिक बस्तीमा चुल्लहो बन्द छ । छरछिमेकबाट पनि सहयोग पाउन बन्द भएको अवस्था नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने कुनै तयारी नगरेको थाह पाएपछि वडा नम्बर ८का गरिव,मजदुर र दलित समुदायका महिलाहरुले नगरपालिका घेराऊ गर्दै नाराबाजी गरेका छन् ।

वडा नम्बरको राहत वितरण समितिका सदस्य एंव नेकपाका प्रतिनिधि शोभा पासवानले गाउँमा गरिवहरुको चुल्लहो बन्द भएपनि नगरपालिकाले कोही पनि नागरिक भोकै नभएको झुठो कुरा गरेको भन्दै नगर प्रमुख वसन्तकुमार मिश्र समक्ष आक्रोश पोखेका थिए ।

कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले आज नगरपालिकाको कार्यपालिका बैठकले दोस्रो चरणको राहतबारे निर्णय गरिने जानकारी गराएका थिए । कार्यलय घेराऊ गर्न गएकाहरुलाई सामुहिक रुपमा सम्बोधन गर्दै भने,‘ कार्यपालिकाको आजैको बैठकबाट राहत वितरणबारे निर्णय गर्छु,तपाईहरुलाई आजै थाह भइहाल्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]