२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

कोशी पलारमा लगाएको बगरखेती जलामग्र ,कृषकहरु चिन्तामा अब साहुको ऋण कहाबाट तिर्ने

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

चन्दन राउत
भारदह ,१४ जेठ । अबिरल बर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढे संगै सप्तरी जिल्ला स्थित हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ कोशी पलारमा लगाएको करिब पच्चासो बिघा तरकारी बगर खेती जलमग्न भएका छन् ।

सो बगर खेतीमा तारभुज,खरबुज्जा, लौका, फर्सी, काकरा,टमाटर, इत्यादि मौसमी फसल लगाउने गरेको कृषक तथा समाजसेवी पुरन राउतले बताएका छन ।

राउतले मात्र करिब दस बिघा जग्गामा मजदुर राखि तरकारी बगर खेती लगाएका छन् । उहाँको भनाइ अनुसार सो खेती गर्न करिब बिस लाख साहु बाट ऋण लिएर खेती गरिएको बताए ।

त्यस्तै अर्का कृषक छोटेलाल राउतले करिब आठ बिघा जग्गामा मौसमी तरिका बगर खेती गरेको जमिन अहिले बाढीको पानीले पुरै डुवानमा परेको छ। उहाँले भाबुक हुदै भन्नु भयो “है भगवान ओतै मेहनत स दिन राईत खइटक लगालु बगर खेती फसल बेचैटाइम मै ओहो खेतके फसल बाईर मै भाइसगैल कि करब साहुके दस लाख ऋण कत स तिरब” उहाको भनाई रहेको थियो ।

दस लाख ऋण लिएर बगर खेती गरेको र बेचने बेलामा बाढीले फसल बगायो । कृषक बासुदैब मुखियाले भन्नु भयो लकडाउन को समय मा ब्यपारीले तरकारी किन्न नआउदा र सरकार ले तरकारी को ब्यवस्थापन नगर्दा सो समस्या भएको बताए ।

मुखिया ले करिब सात बिघा खेती लगाएका छन् त्यसै गरी सुगदेब राउतले आठ बिघा, उमेश माझी ले सात बिघा, श्याम मंडल ले करिब दस बिघा जग्गामा मा मौसमी फसल लगाएका छन् ।

यता कृषक तथा समाजसेवी पुरन राउतले भन्नु भयो कृषि ग्यान केन्द्र राजबिराज सप्तरीको अनुमति लिएर सो खेतीमा लगानी लगाएको तर बेचने बेलामा सबै फसल बाढीले बगायो ।सरकारले साहु संग लिएको ऋण तिर्नुपर्ने र क्षतिपूर्तिको व्यवस्था मिलाई दिन माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]