२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गर्न वडा अध्यक्षहरुको माग

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१५ जेठ। प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गर्न माग गर्दै जनकपुरधाम उप महानगरपालिकाका वडा अध्यक्षहरुले जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र बुझाएका छन् ।

बिभिन्न वडाका अध्यक्षले सामूहिक रुपमै बुधबार वडा अध्यक्षलाई ज्ञापन बुझाएका हुन् । उनीहरुले महानगरपालिकाभित्र ५ सय बेडको क्वारेन्टाइन बनाउनुपर्ने र उप महानगरपालिकाका लागि मात्रै रियल टाइम पिसिआर मेसिन जडान गर्नुपर्ने माग राखेका छन् ।

यस्तै, जटही नाकाभित्र पालिकाका लागि आउनेलाई भोजन र यातायातको व्यवस्था गर्नुपर्नेमा पनि उनीहरुले जोड् दिएका छन् । यी मागहरु पूरा नभए रचनात्मक बिरोधका कार्यक्रम गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

वडा नम्बर १ का अध्यक्ष शत्रुद्यन साह, वडा नम्बर ५ का अध्यक्ष मनोज साह, २ का अध्यक्ष शिबकुमार साह, २२ का अध्यक्ष शिबरत्न पाण्डे, वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र कुमार साह, वडा नम्बर ६ का अध्यक्ष जगरनाथ साह, वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह, वडा नम्बर ९ का अध्यक्ष प्रमेश्वर साह, वडा नम्बर १० का अध्यक्ष मिथलेश कुमार कर्णसहितकाले ज्ञापन बुझाएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]