२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

जनकपुर ७ का वडाध्यक्ष जानकी राम साहको ‘लुट’ धन्धा

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

मनोज मोरबैता
जनकपुरधाम,१५ जेठ । जनप्रतिनिधिनै भ्रष्टाचारमा लिप्त भएपछि अरुलाई के भन्न सकिन्छनै । अहिले दैनिक कुनै न कुनै जनप्रतिनिधि विभिन्न विषयमा भ्रष्टाचारमा लिप्त भएको समाचारहरु प्रकाशन प्रशारण भई रहेको वेला जनकपुरधाम उप–महानगरपालिका–७ का वडाध्यक्ष जानकी राम साह पनि पछि पर्न सकेका छैनन् ।

मिडियाहरुमा ठूल ठूला गप दिने वडाध्यक्ष साहले वडास्तरीय बजेट बाट बन्ने सडकहरुमा सोलिङ्गकोलागि चाहिने ईटा आफ्नै भट्टावाट ल्याउने गरेका छन् । वाडास्तरीय बजेटवाट हुने विकास निर्माणका अधिकांश काम कित उपभोक्ता समितिवाट हुने गरेका छन् कित कोटेशनवाटनै ।

टेण्डरमा जाने योजनाहरुलाई पनि उनले उपभोक्ता समिति बनाएर आफ्नो मान्छेहरु राखि आफु अनुकुल काम गराउने गरेका छन् । सडक निर्माण गर्नकालागि बनाइने उपभोक्ता समितिको काम समाजिक स्तरवाट हुनु पर्ने भए पनि उनले ठेक्केदार लगाई सो कार्यहरु गरि रहेका छन् ।

जनकपुरधाम उप–महानगरपालिका–७ माछा बजारको उत्तर पट्टि पश्चिम तिर भएर जिरोमाइल जानेवाटो अहिले निर्माण भई रहेको छ । जसको सोलिङ्ग इटले गरेको हेर्न सकिन्छ । त्योे ‘माँ’ इटा भट्टाको इटा रहेको छ । र ‘माँ’ इटाको प्रोपराइटर वडाध्यक्ष जानकी राम साह आफै हुन ।

वडाध्यक्ष साहले त्यो सडकमा मात्रै नभई वडा नम्वर ७ मा हुने अधिकांश विकास निर्माणको कार्यमा आफ्नै इटा भट्टावाट इटा ल्याएर विजनेश चलाउँदै आएका छन् । जानकी राम साहले दिने ठूल ठूला गप्प र उनको कार्यशैली भने एक अर्काको परिपुरक रहेको स्पष्ट हुन्छ ।

लक डाउनकै विच उनी अहिले दैनिक २५ भन्दा बढी ट्याक्टर भट्टावाट निकाल्ने गरेका छन् । प्रहरी प्रशासनलाई विकास निर्माणको कार्यकोलागि लगेको भनेर उनी अहिले हजार इटाको १४ हजार सम्म असुलि गरि रहेका छन् । इटा व्यवसायी जानकी राम साह वडाध्यक्षमा आएदेखिनै उनी माथि पटक–पटक आफ्नो इटा खरिद गर्न सर्वसाधारणलाई दवाव दिने गरेको आरोप लाग्दै आएका छन् ।

इटा खरिद गर्नकालागि कोटेशनको आवश्यक्ता पर्छ त्यो सव कागजमै सिमित गरेर उनी समाजसेवीको ढोङ्ग गर्दै आएका छन् । इटा व्यवसायी वडाध्यक्ष साहले वडाकार्यालयमा नक्सा पास गराउनकोलागि सिफारिस लिनेहरुलाई समेत ईटा आफ्नै भट्टावाट खरिद गर्नकालागि दवाव दिने गरेको यस भन्दा पहिला पनि आरोप लागि सकेका छन् ।

विश्वभरि फैलिएको कोरोना महामारीवाट आजिज जनकपुरधामवासीकालागि उनले आफ्नै वडाको विद्यालयलाई प्रयोग गरे । त्यस विद्यालयमा सयजनालाई राम्ररी राख्न सकिन्छ तर १०÷११ जनालाई राखेर ठूलो वाहवाही लुटि रहेका छन् ।-साभार : जनकपुर टुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]