१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

पश्चिम रुकुम घटनाको विरोधमा परासीमा कोणसभा गरेपछि सिडिओलाई बुझाए ज्ञापनपत्र

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

न्यूजमधेश सम्बादाता
परासी, १५ जेठ । पश्चिम रुकुमको चौरजहारीस्थित सोतीमा जेठ १० गते भएको घटनाको विरोधमा परासीमा कोणसभा गरेपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

जिल्लाका दलित अगुवाहरुले परासीको बुद्धचोकमा आयोजित कोणसभा र प्रजिअलाई बुझाएको ज्ञापनपत्र मार्फत उक्त घटनाको निन्दा गरेका छन् । घटनाको निष्पक्ष छानविन गरी दोषीहरूलाई कानून सम्मत कारबाही गर्न नेपाल दलित मुक्ति संगठन पश्चिम नवलपरासी र नेपाल दलित संघ पश्चिम नवलरासीले जोडदार माग गरेका हुन् ।

संविधानसभा सदस्य दुलारी हरिजनले कोणसभालाई सम्बोधन गर्दै पाँच जना होनहार युवाको मृत्यु भएको र एक जनाको स्थिति अझै अज्ञात रहेको उक्त घटनामा कतिपयलाई कुटपिटसमेत गरिएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कडा कारवाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले जातीय छुवाछुत र भेदभाव अन्त्य गर्न माग गर्नुभयो ।

दण्डहीनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरू वृद्धि भइरहेको भन्दै नेपाल दलित मुक्ति संगठनका नेता विर बहादुर विकले रुकुम पश्चिममा भएको दुर्दान्त घटनाका दोषीहरूमथि कारबाही नहुने हो भने मानवता पराजित हुने र अन्याय पुरस्कृत हुने बताउनुभयो ।

दलित अगुवा एव सुनवल नगरपालिकाका कार्यपालिका सदस्य अर्जुन सुनारले उक्त घटनाका दोषिलाई कारवाही नगरीए आन्दोलन देशव्यापी चर्काउने चेतावनी दिनुभयो । रुकुम पश्चिम घटनाका सन्दर्भमा यथासक्य अनुसन्धान प्रक्रिया अघि बढाई पीडितको सुरक्षा र न्याय तथा दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न नेपाल दलित संघका जिल्ला अध्यक्ष मोहन विकले माग गर्नुभयो । उहाँले यस घटनाको भत्र्सना गर्दै जातीय छुवाछुत विरुद्ध सवै दलित समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

संयुक्त दलित अधिकार मञ्चका अध्यक्ष गणेश विश्वकर्माले उक्त घटनाको निन्दा गर्दै आगामी दिनमा समाजमा यस्ता घटना दोहोरिन नदिन निर्मम तरिकाले कानूनको कार्यान्वयन गराई नेपालको संविधान र मानवअधिकारको पुर्ण ग्यारेण्टी गर्न माग गर्नुभयो । उक्त अवसरमा सुनवल–५ का वडाध्यक्ष थमनसिंह नेपाली, बर्दघाटका वडाध्यक्ष मोतिलाल सुनार, रामग्रामका वडा सदस्य तारा नेपाली लगायत दलित अगुवाहरुको सहभागिता रहेको थियो ।

जाजरकोट भेरीगङ्गा नगरपालिका वडा नं. ४ रानागाउँका महनलाल विश्वकर्माका छोरा वर्ष २१ का नवराज विश्वकर्मा र पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा नं. ८ का वीरबहादुर मल्लकी छोरी वर्ष २० कि सुष्मा मल्लबीच भएको अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर चौरजहारी नगरपालिका ८ सोतीमा हत्या, बेपत्ता र कुटपिट काण्ड भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]