२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

जनकपुरधामले पीसीआर मेसिन खरिद गर्ने

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१५ जेठ । कोरोना भाईरस संक्रमण परीक्षण गर्नको लागि जनकपुरधाम उपमहानगरपालिकाले पीसीआर मेसिन खरिद गर्ने भएको छ । बुधबार बसेको विपद् व्यवस्थापन समतिको बैठकले कोरोना भाइरस परीक्षण गर्नको लागि पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको हो ।

समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख लाल किशोर साहको अध्यक्षतामा बसेको बैठकले पीसीआर मेसिन खरिद, कर्मचारीलाई १०÷१०लाखको विमा, देश बाहिरबाट आएकाहरुका लागि १४ देखि २१ दिन सम्म क्वारेन्टाइनमा राख्ने, आवश्यकता अनुसार थप क्वारेन्टाइन बनाउने,विद्यालय खोल्नु अगाडी सम्पूर्ण विद्यालयलाई स्यानिटाइज गरि मास्क उपलव्ध गराउने,कर्मचारीलाई जोखिम भत्ता दिने लगायतको निर्णय गरेको छ ।

विपद्को बेलामा पनि कर्मचारीहरु समयमा आउने र कार्य सम्पादनलाई निरन्तरता दिएकोमा बैठकले उनीहरुलाई धन्यवाद ज्ञापन गरे ।

भोलीका दिनमा कर्मचारीहरुलाई केहि भयो भने उनका परिवारको सहारा को बन्ने ? यस्तो विपद्को वेलामा कर्मचारीहरुलाई कम्तिमा १०÷१० लाखको विमा गरिदिने माग गरिएको थियो ।

जनकपुरधाम उप–महानगरपालिकाले अहिले गोपालधर्मशालामा क्वारेन्टाइन सञ्चालन गर्दै आई रहेको छ ।वैठकमा उपस्थितहरुले क्वारेन्टाइन थप्नुपर्ने सुझाव समेत दिएका थिए ।

तर, जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले आफै क्वारेन्टाइनको स्थान खोजि गर्दै छन् । उनले मंगलवार गणेश पार्टी पैलेसको अवलोकन गरेका थिए । त्यहा पनि राम्रो हुने बताइए पनि त्यो भन्दा पनि उपयुक्त स्थानको खोजि गर्दै छन् ।

भारतबाट नेपाल फर्किने क्रम बढ्दै गएपछि जनकपुरधाम उप–महानगरपालिकाले वडा वडामा क्वारेन्टाइन खोल्ने भएको छ । वडाहरुमा क्वारेन्टाइन र आफ्नै पीसिआर मेसिन भएपछि ठूलो संख्यामा क्वारेन्टाइन गर्ने भयावह स्थिति आउने भएकाले दुवै काम छिटो गर्ने भएको छ ।

जटही नाकाबाट जेठ ४ गते ६१ जना, जेठ ५ गते ६९ जना, जेठ ६ गते ३६ जना, जेठ ७ गते ८१ ज्ना, जेठ ८ गते ६० जना, जेठ ९ गते २०७ जना, जेठ १० गते ११३ जना, जेठ ११ गते २०७ जना, जेठ १२ गते २८८ जना गरि जम्मा ११ सय २२ जनालाई नेपाल प्रवेश गराइएको छ ।

बुधबार एक जनाको मृत्यु पछि एक हजार भन्दा बढीको संख्यामा सर्वसाधारण नेपाल प्रवेश गरेको अनुमान गरिएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]