२० चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

प्रदेश २ का सांसदको कोरोना परीक्षण शुरु

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१६ जेठ । प्रदेश २ प्रदेश सभाको चौथो अधिवेसन शुरु भएपछि सांसद तथा कर्मचारीको कोरोना परीक्षण शुरु गरिएको छ ।

पहिलो दिन उप सभामुख उपमा कुमारी देवसहित केहि सांसदको स्वाब संकलन गरिएको छ । सभामुख सरोज कुमार यादवका अनुसार बिहीबारदेखि शुरु भएको स्वाब संकलन तीन दिनसम्म गरिनेछ ।

प्रदेशसभाको चौथो अधिवेसन आगामी जेठ २१ गते आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधबार दिनको १ बजे प्रदेश सभाको चौथो अधिवेसन आह्वान गरेपछि सांसद र कर्मचारीको स्वाब संकलन शुरु गरिएको सभामुख यादवले बताए ।

उनका अनुसार प्रदेशका १ सय ७ जना सांसद, प्रदेश सभा सचिवालयमा खटिएका ७२ जना प्रहरी र ६० जना कर्मचारीको कोरोना परीक्षण हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]