०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

राष्ट्रघात देउवा र ओलीले गरे, कुनै मधेशीले हैन : राजेन्द्र महतो

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

मनोज बनैता
सिरहा १६ जेठ ।
 राष्ट्रिय जनता पार्टीका शिर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा माथी राष्ट्रघातको आरोप लगाएका छन।

एक रेडियोद्वारा सञ्चालित नेपाली बहस कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै नेता महतोले नामै किटेर देउवा र ओलीमाथी आरोप लगाएका छन । उनको अनुसार महाकाली सम्झौताको बेला केपी शर्मा ओली र शेरबहादुर देउवा ले नै सहिछाप गरेका थिए कुनै मधेशीले होईन ।  उनको प्रश्न छ “आखिर २०५३ सालमा भएको महाकाली सन्धिमा यो मुद्दा  किन दबाईयो?”

सिमाको विवादसँग जोडिएको महाकाली नदीको मुहानबारे बेवास्ता गरी सन्धी टुंगो लगाउन तत्कालिन नेकपा एमालेका नेताहरु नै लागिपरे जो अहिले शक्तिमा छन् । मुहान टुंगो नलगाई सन्धी गरिंदा सिमाको विवाद अहिलेसम्म थाती रहेको छ । यसले नेपाल र भारतबीच सम्बन्धमै समस्या आउने महतोको निष्कर्ष रहेको छ ।

महतोका अनुसार भारतसँग महाकाली सन्धी गर्ने बेला तत्कालीन एमालेका नेताहरू माधवकुमार नेपाल, खड्गप्रसाद ओली, विद्यादेवी भण्डारीसहितका नेताहरूले समर्थन जनाएका थिए तर तत्कालीन एमालेका नेताहरू बामदेव गौतम, सीपी मैनाली, आरके मैनालीलगायतले विरोध गरेर पार्टी नै विभाजन गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]