२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

जटहि नाका मृत्यु भएका बिरेन्द्रलाई शहीद घोषणा गर्न माग

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,१७ जेठ । सरकारी लापर्वाहीकै कारण धनुषाको शहीद नगरपालिका ९ का बिरेन्द्र यादवको सीमा नाकामै ज्यान गुमाउनुपरेको भन्दै उनलाई शहीद घोषणा गर्नुपर्ने माग गरिएको छ । गत बुधबार धनुषाकै जटही नाकामा ३० बर्षीय यादवको मृत्यु भएको थियो ।

पूर्व सांसद शिबधारी यादव नेतृत्वको नेपालि काङ्ग्रेस महासमिति सदस्य सुधिर गोइत , साधु यादव ,युवा नेता शैलेन्द्र चौरवार ,रुपेश यादव ,सरबजित यादव एवं परिवारजनले शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

उनीहरुले क्षतिपूर्ती उपलब्ध गराउँदै यादवलाई शहीद घोषणा गर्न पनि उनीहरुले माग गरेका हुन् ।

भारतबाट आउने क्रममा लामो समयदेखि खाना खान नपाएका उनको बेहोस भएर मृत्यु भएको थियो ।

बेहोस भएपछि आफ्ना परिवारजनलाई यादवले फोन गरेर बोलाएका थिए । उनका भाई धीरेन्द्रसहितका केहि व्यक्ति उम्बुलेन्स लिएर गएपनि उनलाई समयमा ल्याउन नदिँदा मृत्यु भएको भन्दै उनीहरुले परिवारजनलाई क्षतिपूर्ती दिई शहीद घोषणा गर्न माग गरेका छन् ।

बीरेन्द्रकै परिश्रमबाट परिवार चल्दै आएको र उनको मृत्युपछि परिवार समस्यामा परेकाले उनीहरुको भरणपोषणको जिम्मा लिन पनि सरकारसँग आग्रह गरिएको छ ।

प्रधानमन्त्री, मुख्यमन्त्री समेतलाई बोद्यार्थ राख्दै बुझाइएको ज्ञापनमा माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

यसैबीच शहीद नगरपालिकाले उनको परिवारजनलाई रु १ लाख सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नगरपालिकाले मृतक यादवको परिवारलाई रु १ लाख सहयोग उपलब्ध गराउने बताएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]