२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

जनकपुरधामबाटै १ ट्रक मदिरा बरामद, एक पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,१७ जेठ ।
कोरोना संक्रमण बढिरहँदा धनुषामा लुकाएर मदिरा बेच्ने काम जारी छ । पछिल्लो पटक धनुषा प्रहरीले एक ट्रक मदिरा नियन्त्रणमा लिएको छ ।

लक डाउनको उल्घन गरी ना. २ ख. ८२७९ नम्बरको ट्रकमा अबैध रुपमा मदिरा लोड गरी जनकपुरधाम उप–महानगरपालका ७ माछा बजार नजिकै रोकिएको पाइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

ट्रकमा लोड गरिएको बिभिन्न ब्राण्डको मदिरा लुकाएर गोदाममा राख्ने तयारी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

ट्रकमा अन्दाजी रु १३ लाख २० हजार बराबरको मदिरा रहेको धनुषा प्रहरीले जनाएको छ ।

उक्त ट्रकसहित मदिरा मगाउने जनकपुरधाम ४ का ३६ बर्षीय उमेश मण्डललाई समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा पठाईएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको ‘जसपा’ (प्रस्तावित) का उपमहासचिव प्रदीप यादवले उपेन्द्र यादवका कारण आफूहरूले नयाँ दल दर्ता गरेको बताउनुभएको छ । पार्टीमा एकलौटी रुपमा निर्णय गर्ने गरेको आरोप लगाउँदै उहाँले जसपा नेपाल उपेन्द्र यादवको प्राइभेट लिमिटेड कम्पनी भएको टिप्पणी गर्नुभएको छ । नेपाली […]