१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

प्रदेश २ का गर्भवती,सुत्केरी महिला र बालबालिकालाई कुपोषणबाट बचाउनको लागि रातह वितरण

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही,१७ जेठ । प्रदेश २ का सर्लाही जिल्लाको चन्द्रनगर गांउपालिका २ का ९३ जना विपन्न गर्भवती तथा सुत्केरी महिलालाई एकिकृत पोषण प्याकेजवितरण गरिएको छ । राज्यका तीनै अङ्ग तथा विकास साझेदारबाट गर्भवती महिला, सुत्केरी तथा स्तनपान गराउने आमा, पांच वर्षमुनिका बालिबालिका तथा किशोरीलाई कुपोषणको महामारी र त्यसबाट हुन सक्ने सम्भावित मृत्यूबाट बचाउन कुनै ठोस पहल नभए पश्चात भोरले विषेश एकिकृत पोषण प्याकेज अगाडी ल्याउदै बैशाख १९ गते देखि नेपालको सात प्रदेशका सात वडाबाट यस्को शुरुवात गरेको थियो ।

यसै क्रममा मिथिला वाइल्डलाइफ ट्रस्टले छोरा छोरी, गानडिज र लास्ट नाइट अ डिजे सेभड माई लाइफ संस्थाहरुको आर्थिक सहयोगमा विषेश एकिकृत पोषण प्याकेजमा सहकार्य गरेको छ । मिथिला वाइल्डलाइफ ट्रस्ट र भोरको सहकार्यमा देशका १५ जिल्लाका २२५० विपन्न परिवारका गर्भवती तथा सुत्केरी आमालाई उक्त पोषण प्याकेज प्रदान गर्ने योजना अनुरुप आज चन्द्रनगर २ मा ९३ परिवारलाई वितरण गरिएको भोरको कोषाध्यक्ष उमेश कुमार साहले बताए । कोषाध्यक्ष साहकै संयोजन र व्यवस्थापनमा उक्त प्याकेज वितरण गरिएको छ ।

लकडाउनको ६५ दिनसम्म पनि कुनै तहबाट गर्भवती तथा सुत्केरीलाई पोषण सामाग्री नपाएर कुपोषण चपेटा आउदै गरेकोले गर्दा यी परिवारलाई मिथिला वाइल्डलाइफ ट्रस्ट र भोर संस्थाले प्रतिपरिवार २० किलो चामल, १ किलो दाल, ०.५ लिटर खानेतेल, ०.५ किलो सोयाबिन, ३ किलो हरियो तरकारी, १ किलो आयोडिनयुक्त नुन, १ किलो गेडागुडी, १५ वटा अण्डा र स्थानीय स्तरमा उपलब्ध फलफुल केरा र कांको प्रदान गरिएको मिथिला वाइल्डलाइफ ट्रस्टका प्रमुख देव नारायण मण्डलले जानकारी गराए ।

विषेश पोषण तथा हेरचारको आवश्यकता रहेका गर्भवती तथा सुत्केरीलाई यस्तो चरम अभाव र लकडाउनको बेला यती पोषिलो खाध्य सामाग्री प्रदान गरेर ठुलो गुण लगाउनु भएको छ, बबरगंजकी सागरदेवी माझी मुसहरले खुशी हुदै बताए । आफ्ना लागि बिहान बेलुकाको छाक टार्न समस्या भइरहेको समयमा उनीहरुका लागि आवश्यक पौष्टिक आहारको व्यवस्था गर्न नसकेको बिर्ताबजारकी गर्भवती सकिना खातुनले बताएकी छिन् ।

वडा नम्बर २ का वडा सदस्यहरु राम राय, लिलिया देवी र रामपरी देवी माझीको उपस्थितीमा वितरण भएको उक्त पोषण प्याकेज बबरगंजका राजनीतिक दलका नेताहरु चेत नारायण महतो, मनसिप महतो, नथुनी साहको हाथबाट पनि प्रदान गरिएको थियो ।

गर्भवती, सुत्केरी तथा बालबालिकाको पोषणको लागि तीन तहको सरकार र विकास साझेदार मध्ये कसैको पनि कुनै उपस्थिति नदेखिएको जानकारी पाएपछि एकिकृत पोषण प्याकेज वितरण गरिएको भोरको अध्यक्ष पचुलाल माझी मुसहरले बताए ।

चन्द्रनगर २ मा उक्त प्याकेज वितरण तयारी तथा व्यवस्थापनमा उक्त गांउका युवाहरु संजय महतो, राम ईश्वर महतो, इन्द्र भुषण ठाकुर, मुकेश कुमार साह, सुरेन्द्र साह, हेमन महतो, अर्जुन श्रेष्ठ र शभ्मु बैठा लगायतले स्वंयसेवकको रुपमा योगदान गरेका थिए ।

‘कोभिड९१९ को संक्रमणले मान्छे मर्छ कि मर्दैन त्यो पछिको कुरा होला । गर्भवती, सुत्केरी तथा बालबालिका कुपोषण तथा भोके मर्ने अवस्था आउन लागेको छ,’ भोरको महासचिव सरोज दुलालले जानकारी गराए । भोरले गरेको कार्यको प्रसंशा गर्दै चन्द्रनगर गांउपालिका, वडा नम्बर २ का अध्यक्ष राम नारायण महतोले गर्भवती र सुत्केरीको यो पोषण प्याकेज चन्द्रनगर गांउपालिकाका अन्य वडाहरुमा पनि सहयोग गरि दिन मिथिला वाइल्डलाईफ ट्रस्ट र भोरलाई आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]