११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

प्रदेश २ मा राहत दिने नाममा गरिब जनतासँग जनप्रतिनिधिद्वारा रकम असुली

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,१९ जेठ। कोरोना संक्रमणबाट जोगिन नेपाल सरकारले लकडाउन लगाइएको दुई महिना भन्दा बढी बितिसकेको छ । यो समयमा खान नपाएकाहरु तड्पिएका छन् । तर, त्यहीं तड्पिएका व्यक्तिसँग हुनेखाने जनप्रतिनिधीले रकम असुली गरेका छन् ।

प्रदेश २ का सप्तरी जिल्लाको कंचनरुप नगरपालिकाका दलित विपन्नसँग राहत बितरण गर्ने नाममा हुनेखानेले २५ रुपैयाँका दरले असुली गरेको घट्ना बाहिर आएको छ । नगरपालिकाको वडा नम्बर ५ का जनप्रतिनिधी नै यो रकम असुली गर्नमा अग्रसरता देखाएका छन् ।

वडा नम्बर ५ को पथरी टोलमा शनिबार राहत पाउनेको सूची तयार गर्ने क्रममा वडा सदस्य रामफल मुखियासहितकाले प्रति परिवार २५ रुपैयाँ असुली गरिरहेको भिडियो नै सार्वजनिक भएको छ ।

दोस्रो चरणका राहत बितरण गर्न लाग्दा वडा कार्यालयले विपन्नको सूची तयार गर्ने क्रममा विपन्नसँगै रकम असुली गरेका हुन् । रकम असुलीमा संलग्न वडा सदस्य खुलेरै भन्छन्, “चिया, खाजाका लागि उक्त रकम लिएका हौं ।”

वडा कार्यलयले फारम भर्न जिम्मा दिएपनि कुनै सुविधा नदिएकाले चिया र खाजा खानका लागि यो रकम लिएको उनी बताउँछन् । ‘वडा सदस्यहरु पढेलेखेका छैनन् । अरु व्यक्तिसँग फारम भर्न लगाउनुपर्छ’ उनी भन्छन्, “अरुले सित्तैमा काम गरिदिदैनन् त्यही भएर २५ रुपैयासम्म सहयोग लिएका हौं ।”

वडा सदस्य मुखियाले २५ रुपैयाँ नहुनेसँग १० रुपैया लिएर भएपनि फारम भरिदिएको सार्वजनिक रुपमै स्वीकार गरेका छन् ।

अर्का वडा सदस्य भोलानाथ चौधरी भने यो कार्यको आफूले बिरोध गरेको बताएका छन् । जनतालाई नून र भात खान समेत पैसा नभएको अवस्थामा यसरी रकम असुली गर्नु निन्दनीय रहेको उनको भनाई छ ।

वडा अध्यक्ष कैलास साह वडा कार्यलयमा भिडभाड हुने भएकाले गाउँका केही बुद्धिजीवी र वडा सदस्य मार्फत फारम भर्न लगाइएको बताए । तर रकम लिएको बारेमा आफूलाई जानकारी नभएको बताउँदै उनले भने, “यो बिषयमा बुझ्छु ।”

सप्तरीकै हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर ४ मधवापुरमा समेत विपन्नसँग राहत दिने नाममा रकम असुली गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]