१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

जनता समाजवादीको संविधान संशोधन विधेयक दर्ता

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

न्यूजमधेश डेस्क
काठमाण्डु,२० जेठ ।समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले नेपालको संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएकोछ ।

राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका साँसद महेन्द्र यादवको नेतृत्वमा सोमबार समाजवादी र राष्ट्रिय (राजपाका सांसद तथा नेताहरुले सोमवार संसद सचिवालयमा पुगेर संविधानको (दोस्रो संशोधन) विधेयक दर्ता गरेका हुन् ।

संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ रहेको संघीय संसद विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालले जनाए ।समाजवादी र राजपाको विधेयक गैरसरकारी विधेयकको रूपमा दर्ता भएको ढकालले बताए ।

राजपाले गत शुक्रवार दर्ता गराउन खोजेको संविधान संशोधन विधेयकमा समाजवादी पार्टीले त्यसमा सभामुखको अनुपस्थितिमा सभामुखले गर्ने सबै काम उपसभामुखले गर्नपर्ने, प्रधानमन्त्री, मन्त्रिपरिषद्लगायतसँग जोडिएका आर्थिक अपचलनका मुद्दा हेर्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने विषय थपेकाछन् । त्यस्तै, सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रभावकारी काम नगरेकोले संविधान संशोधन गरेर संवैधानिक अदालत गठन गर्नपर्ने माग पनि दोस्रोे संशोधन विधेयकमा थपिएकोछ ।सोमवार दर्ता भएको समाजवादी र राजपाको संयुक्त विधेयकमा राजदूत लगायत संवैधानिक नियुक्ती समावेशी र समानुपातिक हुनुपर्ने माग पनि थपिएको छ ।

यस अघि राजपाले दर्ता गराउन खोजेको विधेयकमा विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरे लगत्तै नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था हुनुपर्ने थियो । त्यस्तै, राष्ट्रिय सभामा हरेक प्रदेशबाट ३÷३ जनाको सिट आरक्षित गरेर अन्य सांसद जनसंख्याको आधारमा निर्वाचित हुनुपर्ने, नेपाली बाहेकका भाषालाई पनि संविधानको अनुसूचीमा राख्नुपर्ने, प्रदेशको सिमांकन र संघीयताबारे निर्णय लिनका लागि संवैधानिक संयन्त्र गठन गर्नुपर्ने राजपाले संविधान संशोधनका लागि दर्ता गराउन चाहेको विधेयकमा राखिएको थियो ।

गत शुक्रबार राजपाले एक्लै दर्ता गर्न खोजेको गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको थियो। राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झालगायत नेताहरू संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका थिए ।

त्यतिबेला संघीय संसदका महासचिव भरतराज गौतमले सभामुखसँग परामर्श गर्ने भनी फर्काएका थिए । सोमबार भने उनले विधेयक दर्ता गरे ।

संसद सचिवालयमा गैर सरकारी विधेयकको रुपमा विधेयक दर्ता गरेपछि समाजवादी पार्टीका नेता श्रेष्ठले दुवै दलको उदेश्य साझा रहेकाले संयुक्त रुपमा विधेयक दर्ता गरिएको बताए ।‘सत्तारुढ दल नेकपा र नेपाली काँग्रेसलेपनि संविधान संशोधनमा सघाउने छन्’ उनले भने, संविधानबाट असन्तुष्ट रहेको पक्षको माग सम्बोधन गर्ने उपयुक्त समय रहेकोछ ।

सरकारले हाम्रो विधेयक पारित गर्न नसघाए हामीपनि उनीहरुको विधेयकलाई पारित गर्न सघाउनुपर्ने बाध्यता नभएको श्रेष्ठले बताए ।‘प्याकेजमै संविधान संशोधनको प्रकृया अगाडी बढाएको भए सरकारको लोकप्रियता बढने थियो’ उनले भने, तर जनजाती, आदीवासी, मधेशी, दलित, मुस्लिमप्रति सरकारको दृष्टिकोण सकारात्मक छैन् ।

नेपालको नयाँ नक्साअनुसार संविधानमा रहेको निशान छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको छ । राजपा र समाजवादी पार्टीले तराई मधेसको माग सम्बोधन हुने गरी संशोधन विधेयक ल्याउन माग गरेका थिए ।सरकारले मधेशको असन्तुष्टिलाई संविधान संशोधनमा संवोधन गर्ने प्रयास नगरेपछि अर्को विधेयक दर्ता भएको छ ।

‘सरकारले संविधान संशोधनका लागि राष्ट्रिय सहमति जुटाएर मधेशको माग समेत संबोधन गर्न चुक्नु हुँदैन्’राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले भने, सरकार र विपक्षी दल नेपाली काँग्रेस समेत अहिले उदार भएर राष्ट्रिय एकताको सन्देश दिन सक्नुपर्छ ।

समाजवादी र राजपाले पार्टी एकिकरण भएर जनता समाजवादी पार्टी बनेको जनाउ संसद सचिवालयमा दिइसकेपनि हाल सम्म दुवै पार्टी एकिकृत भइसकेको छैन् ।कानुनी रुपमा दुवै दल एक भइनसकेकाले संयुक्त रुपमा दुवै पार्टीले संशोधन दर्ता गरेको यादवले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]