२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

कमलामा क्वारेन्टिनको अवस्था बेहाल,जनप्रतिनिधीको गैर जिम्मेबार प्रतिकृया

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

सिबेन्द्र रोहिता 
जनकपुरधाम ,२० जेठ । धनुषाको कमला नगरपालिकाका क्वारेन्टिनको अवस्था बेहाल बनेको छ । भारतबाट आएका व्यक्तिलाई कष्टपूर्ण अवस्थामा क्वारेन्टिनमा राखिएको छ ।

कोरोना संक्रमण फैलिन नदिन बाहिरबाट आउनेका लागि क्वारेन्टिन निर्माण गरिएको छ । तर क्वारेन्टिनमै कोचाकोच गरेर व्यक्तिलाई राखिएको छ । व्यक्तिको संख्या बढी भएपछि विद्यालयको कोठा मात्र होइन् बरण्डामै डनलप ओछ्याएर उनीहरुलाई सुत्न भनिएको छ ।

कमला नगरपालिका ८ स्थित मावि टेढामोडको क्वारेन्टिनमा अहिले ६० जनाभन्दा बढी व्यक्तिलाई राखिएको छ । तर यहाँको सम्पूर्ण व्यवस्था अव्यवस्थित बनेको छ । यहीं क्वारेन्टिनमा भारतको क्वारेन्टिनमा रहिसकेका व्यक्तिलाई पनि राखिएको छ ।

यहाँ बसेकाले खाना पाइरहेपनि अनय कुनै सुविधा दिइएको छैन् । विद्यालयमा भएको एउटा शौचालयले दिशा, पिसाव गर्न अत्यधिक समस्या भोग्नुपरिरहेको क्वारेन्टिनमा बसेकाहरु बताउँछन् । यहाँ साबुन, सेनिटाइजर केहि पनि दिइएको छैन् ।

यही क्वारेन्टिनमा कमला नगरपालिका ५ भाहुवाहाका सन्तोष सदा भारतको क्वारेन्टिनमा बसेर आएका व्यक्ति हुन् । तर उनलार्य यहाँ पनि बलजफ्ती राखिएको छ ।

‘ठीकै छ यहाँ पनि बस्छु, तर जाँच त फटाफट गरिदिनुर्पयो पनि’ सदा भन्छन्, ‘यहाँ आएको ११ दिन भइसक्यो न जाँच गरेको छ न स्वास्थ्यकर्मी आएका छन् ।’

क्वारेन्टिन अव्यवस्थित बनेपछि पनि नगर प्रमुख गैर जिम्मेबार प्रतिकृया दिन्छन् । नगरपालिका प्रमुख रामउदगार गोइतले शुरुमा व्यवस्थित गरिएपनि संख्या एक्कासी बढ्दै गएपछि समस्या भएको बताउँछन् । दैनिक २० देखि २५ जना थपिन थालेपछि समस्या भएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]