२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

प्रदेश सरकारले रोजगारी गुमाएकालाई गाउँमै काम दिने : मुख्यमंत्री राउत

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० जेठ। प्रदेश नं २ सरकारले कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएका नागरिकलाई स्वदेशमै उचित अवसर दिने तयारी गरेको छ ।

श्रम रोजगार पत्रकार समूहले आज आयोजना गरेको भर्चुअल छलफलमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विदेशबाट फर्किएका नेपालीलाई प्रदेश सरकारले स–सम्मान आफ्नो गाउँघरमा राख्ने र सीप दिने वा सीप भएकालाई रोजगारी दिने योजना बनाउन लागिएको बताउनुभयो ।

उहाँले भारतसहित तेस्रो मुलुकबाट प्रदेश २ मा मात्रै करिब १० लाख नेपाली फर्कने अवस्था रहेकाले उनीहरुलाई स्वदेशमा नै कृषितर्फ आकर्षित गर्नेगरी कार्यक्रम ल्याउन लागिएको बताउनुभयो । रोजगारी गुमाएर स्वदेश फर्किनेलाई प्रदेश सरकारले उपलव्धिमूलक रोजगारीसँग जोड्नेसमेत उहाँले बताउनुभयो । “ उपलब्धिमूलक रोजगारमा उनीहरुलाई संलग्न गराउने छौँ”, उहाँले भन्नुभयो ।

प्रदेश २ सरकारले कृषि क्षेत्रमा युवालाई लगाउने तयारी गरिरहेको मुख्यमन्त्रीको भनाइ छ । “अब आउने युवा जनशक्तिलाई कृषि उत्पादनमा लगाएर उत्पादकत्व बढाउने गरी हामी काम गर्नेछौँ”, उहाँले भन्नुभयो । उहाँले प्रदेश नं २ बाट भारतमा पाँच लाख तथा खाडी र मलेसियालगायत मुलुकमा झण्डै आठ लाख युवा रोजगारीको सिलसिलामा रहेको जानकारी दिनुभयो ।

“कोही भारत, कोही अन्य देश जाँदा यहाँ सामान्य खेती भएका पनि काम गर्न छाडिसकेका छन्, अब विदेशबाट फर्किएपछि उत्पादन बढ्ने अवस्था हुन्छ”, मुख्यमन्त्री राउतले भन्नुभयो । यद्यपि प्रदेश २ मा मात्रै झण्डै १० लाख नागरिक फर्किने अवस्था रहेकाले तिनको व्यवस्थापन चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]