२० चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

हंसपुरमा संक्रमित पाइएपछि खाना बनाउने व्यक्ति र स्वास्थ्यकर्मी क्वारेन्टाइन आउन छाडे

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

मनोज मोरबैता
जनकपुरधाम,२० जेठ । धनुषाको हंसपुर नगरपालिकास्थित एक क्वारेन्टिनमा कोरोना संक्रमित पाइएपछि खाना पकाउने व्यक्ति र स्वास्थ्यकर्मी पनि आउन छाडेका छन् ।

वडा २ स्थित बगचौरा मावि क्वारेन्टिनमा बसेकामध्ये दुई जना पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खाना पकाउने व्यक्ति र स्वास्थ्यकर्मी समेत आउन छाडेका छन् ।

संक्रमितलाई हालसम्म आइसोलेसनमा समेत लगिएको छैन् ।

खाना पकाउने व्यक्ति समेत आउन छाडेपछि क्वारेन्टिनमा बसेकाहरु बिहानैदेखि भोकै बसेका छन् । नजिक घर भएका व्यक्तिका परिवारबाट खाना आएको छ भने टाढा घर भएका भोकै बसेका छन् ।

क्वारेन्टिनमै बिरामी भएका आफ्ना पतिका लागि स्थानीय सोनीदेवी खाना लिएर पुगिन् । खाना खान नपाएको जानकारी पाएपछि घरबाटै पकाएर ल्याएको उनले बताइन् । भारतको सुरतमा काम गर्दै आएका उनका श्रीमान् आउनेवित्तिकै क्वारेन्टिनमा बिरामी परेका छन् ।

क्वारेन्टाइनमा दुई सातादेखि भारतबाट आएकाहरु बसिरहेका छन् । तर मंगलबार बिहानदेखि कोहि पनि नआएको क्वारेन्टिनमा बसेका इन्दल राउतले बताए । बिहान नगरपालिकाका कार्यालय सहयोगी आएर पानीको बोतल दिएर गएपछि उनी पनि फर्केर नआएको उनले बताए ।

उनले क्वारेन्टिनमा भएको झाडू र साबुनहरु पनि लिएर गएपछि आफूहरुलाई समस्या भएको बताए ।

क्वारेन्टिनमा बस्दै आएकी रबीना खातुन भोकभोकै क्वारेन्टिनमा बस्न नसक्ने बताइन् । उनले भनिन, “या त घर जान दिनुप¥यो, या त खाना दिनुप¥यो ।”

संक्रमित पाइएपछि खाना पकाउने व्यक्ति र स्वास्थ्यकर्मी समेत आउन छाडेपछि जनप्रतिनिधीले वास्ता नगरेको स्थानीय युवक बलिराम कापरले बताए ।

खना पकाउने र स्वास्थ्यकर्मीले पर्सनल प्रोटेक्सन इक्यूपमेन्ट (पिपिई) नदिइए काममा नफर्किने बताएका छन् ।

यस सम्बन्धमा धेरै पटक फोन सम्पर्क गर्दा समेत हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल सम्पर्कमा आएनन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमित फेला परेपछि कुनै किसिमको जानकारी त्यहाँबाट नपाइएको बताए । ‘हामीलाई जानकारी दिएपछि संक्रमितलाई आइसोलेसनमा ल्याइसकेका हुन्थ्यौं’ उनले भने, “अब भोली उनीहरुलाई ल्याउन पहल गर्छु ।”

उनले स्वास्थ्यकर्मी र खाना पकाउने मान्छे नगएको सन्दर्भमा बुझ्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]