२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

हंसपुरमा संक्रमित पाइएपछि खाना बनाउने व्यक्ति र स्वास्थ्यकर्मी क्वारेन्टाइन आउन छाडे

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

मनोज मोरबैता
जनकपुरधाम,२० जेठ । धनुषाको हंसपुर नगरपालिकास्थित एक क्वारेन्टिनमा कोरोना संक्रमित पाइएपछि खाना पकाउने व्यक्ति र स्वास्थ्यकर्मी पनि आउन छाडेका छन् ।

वडा २ स्थित बगचौरा मावि क्वारेन्टिनमा बसेकामध्ये दुई जना पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खाना पकाउने व्यक्ति र स्वास्थ्यकर्मी समेत आउन छाडेका छन् ।

संक्रमितलाई हालसम्म आइसोलेसनमा समेत लगिएको छैन् ।

खाना पकाउने व्यक्ति समेत आउन छाडेपछि क्वारेन्टिनमा बसेकाहरु बिहानैदेखि भोकै बसेका छन् । नजिक घर भएका व्यक्तिका परिवारबाट खाना आएको छ भने टाढा घर भएका भोकै बसेका छन् ।

क्वारेन्टिनमै बिरामी भएका आफ्ना पतिका लागि स्थानीय सोनीदेवी खाना लिएर पुगिन् । खाना खान नपाएको जानकारी पाएपछि घरबाटै पकाएर ल्याएको उनले बताइन् । भारतको सुरतमा काम गर्दै आएका उनका श्रीमान् आउनेवित्तिकै क्वारेन्टिनमा बिरामी परेका छन् ।

क्वारेन्टाइनमा दुई सातादेखि भारतबाट आएकाहरु बसिरहेका छन् । तर मंगलबार बिहानदेखि कोहि पनि नआएको क्वारेन्टिनमा बसेका इन्दल राउतले बताए । बिहान नगरपालिकाका कार्यालय सहयोगी आएर पानीको बोतल दिएर गएपछि उनी पनि फर्केर नआएको उनले बताए ।

उनले क्वारेन्टिनमा भएको झाडू र साबुनहरु पनि लिएर गएपछि आफूहरुलाई समस्या भएको बताए ।

क्वारेन्टिनमा बस्दै आएकी रबीना खातुन भोकभोकै क्वारेन्टिनमा बस्न नसक्ने बताइन् । उनले भनिन, “या त घर जान दिनुप¥यो, या त खाना दिनुप¥यो ।”

संक्रमित पाइएपछि खाना पकाउने व्यक्ति र स्वास्थ्यकर्मी समेत आउन छाडेपछि जनप्रतिनिधीले वास्ता नगरेको स्थानीय युवक बलिराम कापरले बताए ।

खना पकाउने र स्वास्थ्यकर्मीले पर्सनल प्रोटेक्सन इक्यूपमेन्ट (पिपिई) नदिइए काममा नफर्किने बताएका छन् ।

यस सम्बन्धमा धेरै पटक फोन सम्पर्क गर्दा समेत हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल सम्पर्कमा आएनन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमित फेला परेपछि कुनै किसिमको जानकारी त्यहाँबाट नपाइएको बताए । ‘हामीलाई जानकारी दिएपछि संक्रमितलाई आइसोलेसनमा ल्याइसकेका हुन्थ्यौं’ उनले भने, “अब भोली उनीहरुलाई ल्याउन पहल गर्छु ।”

उनले स्वास्थ्यकर्मी र खाना पकाउने मान्छे नगएको सन्दर्भमा बुझ्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]