१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

रुकुमको घटना सामाजिक नरसंहार हो, सबै मिलेर लड्नुपर्छ ः प्रदेश सांसद साह

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

कैलाश दास
जनकपुरधाम, २१ जेठ । अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिममा नवराज विकसहितका ६ जना युवकको हत्या प्रकरणलाई गम्भीरता पूर्वक लिंदै प्रदेश नं.२ का साँसदद्वय परमेश्वर साह र रामआशिष यादवले यो जातिय विभेद होइन, सामाजिक नरसंंहार हो ।न्यायका लागि हामी सबैले मिलेर लड्नु पर्ने बताएका छन् ।

राष्टिूय दलित पत्रकार संघ धनुषाको आयोजनामा मंगलवार जनकपुरधाममा आयोजित ‘दीप प्रज्वलन’ कार्यक्रममा साँसदद्वयले सो कुरा बताएका हुन । घटनाको यर्थात कुरा राज्यलाई थाहा हुँदाहुँदैन पनि सरकारले गम्भीरता नदेखाउनु हामी सबैको लागि दुर्भाग्य हो (साँसदद्वयले भने ‘अपराधको विरुद्धमा दलित, मधेशी, अल्पसंख्यक मात्र होइन, सबै मिलेर लड्नु पर्छ । ’

दोषीमाथि कारवाही हुनुपर्छ । अहिलेसम्म दोषीलाई नसमात्नु दुःखद कुरा हो साँसद साहले भने ‘यो घटनाले अपराधलाई बढावा दिने भयो ।’

संघका अध्यक्ष कुलदीप दास प्रेमको नेतृत्वमा भएको दीप प्रज्वलन कार्यक्रममा अर्को साँसद राम अशिष यादवले जबसम्म अपराधलाई राज्यले बढावा दिन्छ तबसम्म सम्पन्न राष्टू बन्दैन ।

यो जातिय छुवाछुत होइन, छुवाछुत माथिको अपराध हो । दोषीलाई कानूनी कारवाहीमा नल्याएमा जनता चुप लागेर बस्दैन । यो घटनाले गणतन्त्र नगराउने जिकिर गरेका छन् ।

त्यस्तै वरिष्ठ पत्रकार श्याम सुन्दर शशिले घटनाप्रति आक्रोशित हुँदै भने, ‘दलितले प्रेम गर्न पाउँछ कि पाउँदैन । दलितका बच्चाले प्रेम गरेमा हत्या गरिदिने कहाँको संविधानमा लेखेको हो ।’ उनले यो ठूलो अपराध हो । अपराधी जुनसुकैलाई पनि कारवाही हुनैपर्छ तब मात्र कानूनी राज्यको परिकल्पना गर्न सकिने बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा, नेपाली काँग्रेसका जनकपुरधाम उपमहा नगरपालिकाका नगरसभापति मनोज कुमार साह, महिला अधिकारकर्मी मुन्नी देवी दास, राष्टिूय दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलास दास सहितका व्यक्तिहरुले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीमाथि कारवाहीको माँग गरेका छन् । दीप प्रज्वलन कार्यक्रममा सैयौंको संख्यामा अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]