१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

सकारको नीति तथा कार्यक्रम जेठ २३ गते

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

न्यूजमधेश सम्बादाता
विराटनगर ,२१ जेठ ।प्रदेश नं १ को प्रदेश सरकारले यही जेठ २३ गते सरकारको नीति तथा कार्यक्रम सदनमा पेश गर्ने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारले आर्थिक वर्ष २०७७÷७८ लागि नीति तथा कार्यक्रम २३ गते अपराह्न ३ बजे बस्ने बैठकमा पेश गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

बैठकले प्रदेश सरकार विपद् खोज, उद्धार एवं राहत वितरण कार्यविधि निर्देशिका २०७६ को संशोधन गर्ने, प्रादेशिक सञ्चार प्रतिष्ठान गठनसम्बन्धी कार्यविधिलाई स्वीकृति प्रदान गरेको, कोरोनाको प्रभावले कृषकमा पर्न गएको अप्ठ्यारोलाई सहज बनाउन कृषक राहत कार्यविधिलाई पास गरेको र प्रदेश सरकारको सार्वजनिक खरिद नियमावलीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]