२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

रातारात क्वारेनटाइन निर्माण

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

राजेश सक्सेना
जनकपुरधाम ,२२ जेठ ।धनुषाको हँसपुर नगरपालिकामा कोरोना संक्रमण बढिरहेको छ ।तर नगरपालिकाले बेला कोरेन्टाइन संख्या बढाउन नसकेकोले भारत बाट फर्किएकाहरु अलपत्र पर्न थालेका छन् । नगरपालिका भित्र संचालनमा रहेको दुइटा कोरेन्टाइनमा क्षमता भन्दा दोब्बर मानिस थापिएका कारण उक्त कोरेन्टाइन स्थलमा नगर प्रमुख र उप प्रमुखको बिरोध समेत भएको हो ।

हँसपुर नगरपालिका वाडा नम्बर ६ , ९ मा दुई जना ब्यक्ति भारत बाट फर्केका लाई गैरजिम्मेवारी तरिकाले नगरपालिकाका गाडीले गाउँमै अलपत्र छोडदा स्थानीय त्रसित भएको थियो । वाडा ९ का अध्यक्ष नरेश मण्डलले स्थानीय नव ज्योति युवा क्ल्ब र समाज सेबिहरु संग समन्वय गरि रानी माबि मोरहामा रातारात क्वारेनटाइन निर्माण गरेको छ ।

क्वारेनटाइमा बस्ने मानिसहरुलाइ कुनै किसिमको समस्या हुन नदिने र पुर्ण ब्यबस्थित बनाउने स्थानियहरुको भनाइ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]