१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

कोरोना नियन्त्रणको लागि अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ जेठ । कोरोना महामारी नियन्त्रण तथा रोकथामकाे लागि सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ ।

कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले नाै अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा पालिकाले गरी नाै अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका छन् ।

कोरोना कोष र सङ्घीय सरकारबाट ६ अर्ब तीन करोड, प्रदेशहरुबाट एक अर्ब आठ करोड र पालिकाहरुबाट दुई अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।पालिकहरुले गरेको खर्चको पूर्ण विवरण नआएको उहाँले बतउनुभयो ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । समिति बैठकमा लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । जनजीवन सहज बनाउँदै लकडाउनलाई कसरी लैजाने भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल भएको छ ।

तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बुझाउने समझदारी पनि बैठकमा बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]