२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

तस्करसँग साँठगाँठ गर्ने ४ जना प्रहरीको निलम्बन

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ जेठ । तस्करसँग साँठगाँठ गर्ने प्रदेश २ का प्रहरीलाई कार्वाही गर्न शुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामले चार जना यस्ता प्रहरीलाई कार्वाही स्वरुप निलम्बन गरेको छ ।

लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि उनीहरुलाई निलम्बन गरिएको छ ।

आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पु¥याएको प्रमाण फेला परेपछि उनीहरुलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । निलम्बित हुनेमा एक जना प्रहरी सहायक निरीक्षक, दुई जना हबल्दार तथा एक जना जवान छन् ।

प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हबल्दार विजय साह र चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिबारीलाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।

यी चारै जना सर्लाहीको बिष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत थिए । कार्यरत रहेको समयमा बिभिन्न तस्करसँग आर्थिक लाभ लिएर उनीहरुलाई तस्करी गर्न सघाइएको पाइएको डिआइजी सिंहले बताए ।

सिंहले प्रहरीभित्रको भ्रष्टाचार नियन्त्रण गर्न प्रहरीको शून्य सहनशिलता नीति अनुरुप उनीहरुलाई निलम्बन गर्दै थप अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]