२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनबाट १७ वर्षीय युवक कोरोना जितेर घर फर्के

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

न्यूजमधेश सम्बादाता
राजविराज ,२२ जेठ । कोरोना सङ्क्रमणबाट निको हुनुभएका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका  १७वर्षीय युवक (मो नइम)ले आत्मबल बलियो भए कोरोनामाथि विजय प्राप्त सकिने अनुभव बताउनुभएकोे छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनबाट आज बिदाइ हुँदै गर्दा उहाँले सञ्चारकर्मीसँग ती अनुभव सुनाउनुभएको हो ।

शुरुमा निकै डर लागेको तर बुवाआमा र दिदीहरुले निकै हौसला दिएको उहाँले उल्लेख गर्नुभयो । आइसोलेशनमा ल्याएपछि चिकित्सक, स्वास्थ्यकर्मी, नर्सले हरेक क्षण हौसला दिनुभएपछि डर भागेको उहाँले बताउनुभयो ।

गत वैशाख २९ गते सप्तरीको पहिलो सङ्क्रमितका रुपमा आइसोलेशनमा राखिनुभएका उहाँले खानपिन र बस्न कुनै समस्या नभएको , व्यवस्थापन पक्ष र सरकारलाई धन्यवाद दिनुभयो । सबैले हौसला दिएपछि आफूलाई ढुङ्गा पनि पचाउने उमेरमा नयाँ रोगले समाते पनि रोग जित्छु भन्ने हिम्मतअनुसार अस्पतालमा बसेको उहाँले उल्लेख गर्नुभयो ।

यही जेठ ११ गते र जेठ १७ गते स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएकाले घर पठाउन उहाँलाई बिदाइ गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो । उहाँले पनि औषधि नै नभएको कोरोनालाई जित्ने भनेकै आत्मबलले हो भन्नुभयो । त्यसका लागि सकारात्मक सोच र हिम्मत जरुरी रहेको डा दासले उल्लेख गर्नुभयो ।

डाकनेश्वरी नगरपालिका–३ का युवकसँगै चितवनबाट आएका अन्य १२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । ती युवकमा सङ्क्रमण पुष्टि भएको ११ दिनपछि जेठ ९ गते भारतको हरियाणाबाट आएका बलान बिहुल गाउँपालिका–४ का ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमित पुष्टि भयो । उनीसँगै आएकी श्रीमतीको पनि रिपोर्ट नेगेटिभ आएको थियो । त्यसयता भारतको दिल्ली, मुम्बई, हरियाणा, पञ्जाब, गुजरात, कलकत्ता, पटनालगायत विभिन्न राज्यबाट आएका तथा उनीहरूको सम्पर्कमा क्वारेन्टिनमा रहेका दुईजना प्रहरी र एकजना कार्यालय सहयोगी गरी सप्तरीमा ५६ जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

ती युवकको बिदाइसँगै सो अस्पतालको आइसोलेशन खाली भएको छ । दुई महिलासहित ५५ जनालाई साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेशनमा राखिएको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा पाँच, राजविराज र शम्भुनाथ नगरपालिकामा एक÷एक गरी १३ जना कोरोना सङक्रमित थप भएका छन् । योसँगै सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या ६९ पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो । आज सङ्क्रमण पुष्टि भएका १३ जनालाई राजविराज ल्याउने तयारी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]