१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

मधेश सहिद चौक निर्माण गर्न जनमत पार्टीको माग

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, २२ जेठ । विगत ०६२ /०६३ सालमा भएको मधेश विद्रोहमा सहादत दिएको मधेशी सहिदहरुको पहिचानको रुपमा रहेको चौकलाई मर्मत सम्भालको नाउमा तोडफोर  गरेको प्रति जनमत पार्टीले खेदप्रकट गरेको  छ ।

बिहिबार मधेशी सहिद चौक निर्माण गर्न माग गर्दै नेपालगंज उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणालाई जनमत पार्टी बाँकेले ज्ञापनपत्र बुझाएको छ ।

जनमत पार्टीका केन्द्रिय सदस्य मो इरफान शेखले न्यूजमधेश संग कुरा गर्दै भने उक्त ठाउमा कुनै पनि चौक नरहेकोले सो चौकलाई मधेश सहिद चौक निर्माण गर्न जोरदार माग गरेको छ ।

नेता शेखले भने अहिले कोरोना भाइरस जोखिम बाट बचनको लागि सरकारले देशव्यापी रुपमा लकडाउन गरेको छ । तर लकडाउनको मौका छोपी उपमहानगरपालिकाले आफ्नो मनोमानी तरिकाले चौक बनाउने खर्यन्त्र गरेको आरोप समेत लगाएकाे छ ।

उनले सो चौकको नाम मधेश सहिद चौक नराखी अन्य कुनै चौकको नाम राखियो भने हाम्रो पार्टीकाई कदापि स्वकार्य हुदैन र हामि आन्दोलन गर्न बाध्य हुने छौ ।त्यहि भएर समयमै ख्याल गर्न उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

जनमत पार्टीका नेता इरफान अहमद शेषको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएकाे टाेलीमा पार्टीका नेता जाबिर हल्वाइ,हरपाल सिंह सिख, रियाज अंसारी, मेराज अंसारी, शैलेन्द्र कर्ण, मुकिम अंसारी, अल्ताफ हुशेन राई लगायतका जिल्लाका प्रमुख नेताहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]