२० चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

महोत्तरीमा नौलाख वृक्षरोपण गरिँदै

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

न्यूजमधेश सम्बादाता
महोत्तरी ,२३ जेठ। महोत्तरीमा करिब नौ लाख वृक्षरोपण गरिने भएको छ । यसवर्ष वृक्षरोपणका लागि करिव आठ लाख ८५ हजार बिरुवा तयार गरेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लाका पाँच ठाउँलाई केन्द्र बनाइ बिरुवा उत्पादन गरिएको छ । भूक्षय (भूस्खलन) रोक्न, घाँस–दाउराको आपूर्ति गर्न, काठ प्रयोजन र फलपूmल उत्पादनसहितको लक्ष्यसहित विभिन्न जातका बिरुवा तयार गरिएको सो कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले बिहीबार जानकारी दिनुभयो । उत्पादित बिरुवामा घाँस प्रयोजनका टाँकी, किम्बु, बकाइनो, काठ प्रयोजनका लागि टिक, जामुन, खयर, फलप्रयोजनका लागि कटहर, आँपसहितका रहेका छन् ।

मागबमोजिम लगत (अभिलेख) तयार गरी एक लाख वितरण गरिएको कार्यालयले जनाएको छ । सर्वसाधारणले जग्गा देखाएर माग गरेपछि कार्यालयले बिरुवा निःशुल्क उपलब्ध गराउने गरेको छ । यसपालि वन क्षेत्रका नाङ्गा डाँडा, जिल्लाका स्थानीय तह र सर्वसाधारणले माग गरेबमोजिमको क्षेत्रमा रोपण गरिने सोे कार्यालयले जनाएको छ ।

जिल्लाका जलेश्वर, माईस्थान, लक्ष्मीनियाँ, बेलगाछी खाल्टेबजार र बनराथारुटोलसहित छ ठाउँमा सो कार्यालयले बिरुवा उत्पादन गरेको छ । नदी किनारका उकास जग्गा, सार्वजनिक जग्गा, गल्छीपहिरो र स–साना पहाडी शृङ्खलाका नाङ्गाडाँडामा कार्यालयले स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र सामाजिक सङ्घसंस्थाको समेत समन्वय र सहभागितामा नयाँ वृक्षरोपण गर्ने जनाएको छ ।

“खाली जग्गा, सडक छेऊ र सार्वजनिक जग्गामा रोपौँ रुख, यसले ल्याउँछ सुखै–सुख” भन्ने नारा नै तय गरेर वृक्षरोपणका लागि अभियान नै सञ्चालन गरिने डिभिजन प्रमुख साहको भनाइ छ । कार्यालयले सर्वसाधारणलाई निजी जग्गाको वृक्षरोपणमा प्रेरित र उत्साहित गराउन निःशुल्क बिरुवा उपलब्ध गराउने, रोपण कार्यमा प्राविधिक सल्लाह परामर्श दिने र नियमित अनुगमन गरिने व्यवस्था मिलाएको स्पष्ट पारेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]