१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

भोकमरिको डरले लकडाउनमा प्रदेश सांसद किसानसंगै धान रोपाईमा व्यस्त

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

अंगद यादव
नवलपरासी पश्चिम ,२४ जेठ। नवलपरासी पश्चिमका प्रदेश सांसद अजय शाही देखि लिएर किसानहरु यतिबेला धान रोपाईमा व्यस्त देखिएका छन् ।

चलिरहेको धान खेतीको मौसममा किसानहरु धान रोपाईमा व्यस्त भएका छन् । लकडाउनले रोजगार गुमेसंगै भोकमरी पनि हुनेहो कि भन्ने चिन्ताले किसानहरु यसबर्ष झनै धानखेती तर्फ केन्द्रित भएका छन् ।

लकडाउनमा मल पानी मजदुरको समस्य भएपनि भोकमरीको डरले किसानहरु लगायत हामी धान रोपाइँमा व्यस्त रहेको नवलपरासी पश्चिमका प्रदेश सांसद अजय शाही बताएका थिए ।

विश्वभरि कोरोना भाईरसको माहामारीले देशमा जारी लकडाउन कहिलेसम्म खुल्ने भने यकिन नहुँदा किसानहरु आत्मनिर्भरता तर्फ ध्यान दिएका छन् । लकडाउनले ज्याला मजदुरी गरि खाने कामदारा सहितका अधिकांश कामदारहरु बेराजगार भएकाले खेतीपातीलाई प्राथमिकतामा राखी धान रोपाई तिर लागेका छन् । जिल्लाको पाल्हीनन्दन, सरावल, प्रतापपुर सुस्ता गाउँपालिका, रामग्राम र बर्दघाट नगरपालिका किसानहरु जिल्लामा छिटो रोपाई गर्ने गर्दछन् ।

धान रोपाई गर्ने बेला भैसक्यो खेतमा धानको विउ तयार छ तर प्रशस्तमात्रा कामदार, पानी र मलखाद नपाइएकाले धान रोपाईमा समस्या भैरहेको सुस्ताका किसान नन्दलाल गुप्ताले जानकारी दिए । उनका अनुसार आवश्यक मात्रा बर्षा पनि नभैरहेको, नहरमा अहिलेसम्म पानी पनि नआएकाले किसानहरुले रोपाईका लागि खेत तयार गर्न बाध्य भई प्रति घण्टा ३ सय रुपैया तिरेर बोरिङ्गबाट पानी खरिद गरि खेत रोपाई गरिरहेको बताए ।

एका तिर सिमा बन्द भएका कारण सिमावर्ति किसानहरुले समयमा धानको बिउ खरिद गर्न पाएनन् अर्को तर्फ खेतीको बेला भईसक्दा पनि अझै किसानहर समयमा मलखान र किटनाशक औषधीहरु नपाउँदा खेती गर्न समस्या भैरहेको कृषक हकहित संरक्षण मन्चका अध्यक्ष शम्भु उपाध्यायले गुनासो पोखे । कोरोना माहामारीले रोपाईका लागि भारतबाट कामदार पनि ल्याउन सकिएन र अहिले धान रोपाईका लागि प्रशस्त मात्रामा कामदार पनि नपाईरहेको अवस्थामा किसानहरुलाई खेती गर्न झनै कठिनाई भैरहेको उपाध्यायले जानकारी दिए ।

जिल्लामा समयमै धानको बिउ, मलखाद उपलब्ध नहुँदा अधिकांश किसानहरु धानको विउ,मलखाद, औषधी र कामदारसमेत भारतको सिमावर्ति क्षेत्रबाट भित्राउने गर्दथ्ये तर लकडाउनले सिमा बन्दका कारण उनीहरुलाई समस्या भएको बताए ।

जिल्ला धान खेतीको पकेट क्षेत्र हो । जिल्ला तराई क्षेत्र भएकाले यहाँ समथर जमिन र खेतमा उर्वरा शक्ति बढि छ । जिल्लामा करिब ३० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ । यहाँ धानका लागि अनुकुल मौसम रहने हुँदा उत्पादन पनि निकै हुने गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]