१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

साइकल पाएपछि छात्रा खुशी

Logo
प्रकाशित आइतबार, जेठ २५, २०७७

न्यूजमधेश सम्बादाता
महोत्तरी,२५ जेठ। महोत्तरीको विकट ठाउँका गरिब छात्राले साइकल प्राप्त गरेपछि औधि खुशी भएका छन् । बर्दिवास नगरपालिका–५ को चुरे पहाडी शृङ्खलाको दुर्गम काछ र पाखा बस्तीका गरिब १५ छात्राले विद्यालय आवत जावत गर्न साइकल पाएपछि अब कक्षाका घण्टी नछुट्ने आस पालेका हुन् ।

“घरमा कति काम भ्याएर विद्यालय आउनुपर्दा कति दिन पहिलो घण्टी छुट्ने गथ्र्यो”, बर्दिवास–५ चेरुस्थित इच्छेश्वर माध्यमिक विद्यालयमा यसपालि कक्षा–१० पुगेकी छात्रा सम्झना घोच्र्याङ्गी मगरले भनिन्, “अब भने साइकल पाएकी छु, घण्टी नछुट्लान् ।” इच्छेश्वर माविमा अध्ययनरत सम्झनाजस्तै विद्यालयबाट पाँच÷सात किलोमिटर दूरीमा घर रहेका १५ जेहेन्दार र गरिब परिवारका छात्रालाई शनिबार रोटरी इन्टरनेशनल क्लबले साइकल र शैक्षिक सामग्रीसहितको झोला दिएपछि उनीहरुमा पढाइले निरन्तरता पाउने आस जागेको हो ।

उनीजस्तै कक्षा ९ की भवानी जर्घा मगरले पनि अब विद्यालयमा सबै घण्टी (सातै घण्टी) राम्ररी पढ्न पाइने आस पालेकी छन् । “विद्यालय आउन पाँच÷छ किलोमिटर पर्छ, बिहान घाँस–दाउरा गरेर समयमा विद्यालय आइपुग्न धौधौ, फेरि सातौँ घण्टी पढाइ नसकिँदै घर फर्केर घरको काम सक्नुपर्ने चिन्ता” उनीले भनिन्, “अब साइकलले आउँदा–जाँदा हामीलाई समय दिनेछ, घण्टी छोड्नु परोइन ।” साइकल पाउने कुराले छात्राका परिवारजन (बाबुआमा, घरका अभिभावक) ले पनि गरिबीभित्र आफ्ना छोरी–चेलीको पठनपाठनमा सहयोग पुग्ने बताएका छन् ।

माध्यमिक तहमा पढ्ने अत्यन्त गरिब, जेहेन्दार र बढी दूरीबाट आउनुपर्ने १५ छात्रालाई बिद्यालय प्रशासनको सिफारिसमा रोटरी क्लब बर्दिवासले शनिबार साइकल र शैक्षिक सामग्रीसहितको झोला प्रदान गरेको हो । सामग्री प्राप्त गर्ने छात्रा जेहेन्दार, गरिब, बाबुआमा गुमाएका र कमसेकम बिद्यालयबाट पाँच किलोमिटर दूरीबाट आउने–जाने परेका प्रधानाध्यापक युवराज अधिकारीले जानकारी दिनुभयो ।

साइकलसहित शैक्षिक सामग्री पाउनेमा कक्षा १० का यतिमाया श्रेष्ठ, सम्झना घोच्र्याङ्गी, मनिषा साह, अमिशा घिसिङ र मनिषा खड्का छन् । त्यसैगरी कक्षा ९ का अजिता थिङ, भवानी जर्घा, इशा लामा र एलिशा घिमिरे, कक्षा ८ का उषा लामा, प्रकृति खत्री र अर्पणा भण्डारी, कक्षा ७ का आरती विक, कक्षा ६ का प्रतिक्षा वाइवा र दिलु घोच्र्याङ्गी मगर छन् ।

ती छात्राको पठनपाठनप्रति उत्साह बढाएको र घरका अभिभावकमा पनि छोरी–चेलीको पढाइले निरन्तरता पाओस् भन्ने भाव सवल बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ देवकोटाको भनाइ छ । नगर क्षेत्रका विकट बस्तीका छात्रालाई साइकलसहितका शैक्षिक सामग्रीले पढाइलाई निरन्तरता दिन बल पुग्ने अपेक्षासाथ सामग्री प्रदान गरिएको सो क्लबका अध्यक्ष शम्भु भट्टराईले बताउनुभयो । शिक्षा, स्वास्थ्य आपूmहरुको सेवा क्षेत्रको प्राथमिकतामा पर्ने भएकाले यस्ता कार्यक्रमले निरन्तरता पाउने क्लबले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]