२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

स्थानिय युवाद्वारा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२७ जेठ ।धनुषाको हंसपुर नगरपालिकाको विभिन्न क्वारेन्टाइनमा स्थानिय युवाहरुले आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

स्थानिय युवा बलिराम कापरी र दिपेन्द्र कापरीले सोमबार हंसपुर नगरपालिकाको ननुपट्टि क्वारेनटाइनमा, बघचौरा क्वारेनताइनमा र नौवाखोइर क्वारेनटाइनमा रहेका स्वास्थ्यकर्मीहरुको स्वाथ्यको मध्यनजर गरेर तिन वटै क्वारेनटाइनलाई २ सेट पिपीइ ,बुट कभर, हेयर कभर, ग्लबस, फेश शिल्ड, फेस भाइजर, KN-95 मास्क सहितका स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।

त्यसैगरी क्वारेनटाइनमा रहेका मानिसहरुको लागि १५० पिस सर्जिकल मास्क र १ . ५ किलोको ३ पिस सेनिटाइजर सहयोग गरेको छ ।

सो क्वारेन्टाइनहरुमा दिनरात खटिने स्वास्थ्यका कर्मचारीहरुको मध्ये नजर गर्दै सुरक्षा सामाग्री सहयोग गरेको छ । उक्त सामाग्री बितरणमा सहयोग गर्ने आमिन राइन, शिव यादव र बिजय साहलाइ युवा कापरीले धन्यवाद समेत दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]