०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

स्थानिय युवाद्वारा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२७ जेठ ।धनुषाको हंसपुर नगरपालिकाको विभिन्न क्वारेन्टाइनमा स्थानिय युवाहरुले आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

स्थानिय युवा बलिराम कापरी र दिपेन्द्र कापरीले सोमबार हंसपुर नगरपालिकाको ननुपट्टि क्वारेनटाइनमा, बघचौरा क्वारेनताइनमा र नौवाखोइर क्वारेनटाइनमा रहेका स्वास्थ्यकर्मीहरुको स्वाथ्यको मध्यनजर गरेर तिन वटै क्वारेनटाइनलाई २ सेट पिपीइ ,बुट कभर, हेयर कभर, ग्लबस, फेश शिल्ड, फेस भाइजर, KN-95 मास्क सहितका स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।

त्यसैगरी क्वारेनटाइनमा रहेका मानिसहरुको लागि १५० पिस सर्जिकल मास्क र १ . ५ किलोको ३ पिस सेनिटाइजर सहयोग गरेको छ ।

सो क्वारेन्टाइनहरुमा दिनरात खटिने स्वास्थ्यका कर्मचारीहरुको मध्ये नजर गर्दै सुरक्षा सामाग्री सहयोग गरेको छ । उक्त सामाग्री बितरणमा सहयोग गर्ने आमिन राइन, शिव यादव र बिजय साहलाइ युवा कापरीले धन्यवाद समेत दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]