०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

प्रदेश २ मा २ सय ६३ जनाले कोरोना जितेर घर फर्के

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२८ जेठ । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित निको भएका छन् । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित विपि मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आईसोलेसन कक्षमा उपचाररत रहेका ३० जना कोरोना संक्रमितहरु मंगलबार निको भएर घर फर्केका छन् ।

उनीहरुको लगातार दोस्रो स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज हुनेमा धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिकाका २४, २८, ३०, ३५ र ४५ बर्षका पुरुषहरु भएका छन् । सोही गाउँपालिकाका बर्ष २५, २६, २७, ३३, ३७ र ४२ बर्षका पुरुषहरु समेत डिस्चार्ज भएका छन् ।

धनुषाकै हंसपुर कठपुल्ला नगरपालिकाका ४० र ५० का दुई जना पुरुष, १९ र २० थप दई जना पुरुषहरु पनि डिस्चार्ज भएका छन् ।

सवैला नगरपालिकाका ३७ बर्षका पुरुष, जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाहरु, कमला नगरपालिकाका विभिन्न वडाहरु, मुखियारपट्टी मुसहरनिया नगरपालिका, गणेशमान चार नाथ नगरपालिका र सवैला नगरपालिकाको विभिन्न वडाका २१, २२, २३ र ३२ बर्षका ४ जना तथा २७ बर्षका २ जना पुरुषहरुगरी ६ जना डिस्चार्ज भएका छन् ।

यस्तै, सिराहा र खोटाङ्ग स्थायी घर भई धनुषा जिल्लामा बस्दै आएका बर्ष १९, २० र २४ बर्ष उमेर ३ जना पुरुषहरु पनि डिस्चार्ज भएका छन् । धनुषा जिल्ला कमला नगरपालिका वडा नम्वर ७ का २१ र २७ बर्षिय पुरुषहरु डिस्चार्ज भएका छन् ।

धनुषाकै नगराईन नगरपालिकाका ३७ र सवैला नगरपालिकाका २० र ४० बर्षका पुरुषहरु पनि डिस्चार्ज भएका छन् । धनुषा कै गणेशमान चारनाथ नगरपालिकाका २१ बर्षिय पुरुष पनि डिस्चार्ज भएका छन् ।

जनकपुरस्थित प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालबाट ७ जना पुरुषहरु समेत उपचार पश्चात डिस्चार्ज भएका छन् ।

पछिल्लो चौविस घण्टामा ३७ जना सहित यस प्रदेशमा हालसम्म २ सय ६३ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]