२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

प्रदेश २ मा २ सय ६३ जनाले कोरोना जितेर घर फर्के

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२८ जेठ । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित निको भएका छन् । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित विपि मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आईसोलेसन कक्षमा उपचाररत रहेका ३० जना कोरोना संक्रमितहरु मंगलबार निको भएर घर फर्केका छन् ।

उनीहरुको लगातार दोस्रो स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज हुनेमा धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिकाका २४, २८, ३०, ३५ र ४५ बर्षका पुरुषहरु भएका छन् । सोही गाउँपालिकाका बर्ष २५, २६, २७, ३३, ३७ र ४२ बर्षका पुरुषहरु समेत डिस्चार्ज भएका छन् ।

धनुषाकै हंसपुर कठपुल्ला नगरपालिकाका ४० र ५० का दुई जना पुरुष, १९ र २० थप दई जना पुरुषहरु पनि डिस्चार्ज भएका छन् ।

सवैला नगरपालिकाका ३७ बर्षका पुरुष, जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाहरु, कमला नगरपालिकाका विभिन्न वडाहरु, मुखियारपट्टी मुसहरनिया नगरपालिका, गणेशमान चार नाथ नगरपालिका र सवैला नगरपालिकाको विभिन्न वडाका २१, २२, २३ र ३२ बर्षका ४ जना तथा २७ बर्षका २ जना पुरुषहरुगरी ६ जना डिस्चार्ज भएका छन् ।

यस्तै, सिराहा र खोटाङ्ग स्थायी घर भई धनुषा जिल्लामा बस्दै आएका बर्ष १९, २० र २४ बर्ष उमेर ३ जना पुरुषहरु पनि डिस्चार्ज भएका छन् । धनुषा जिल्ला कमला नगरपालिका वडा नम्वर ७ का २१ र २७ बर्षिय पुरुषहरु डिस्चार्ज भएका छन् ।

धनुषाकै नगराईन नगरपालिकाका ३७ र सवैला नगरपालिकाका २० र ४० बर्षका पुरुषहरु पनि डिस्चार्ज भएका छन् । धनुषा कै गणेशमान चारनाथ नगरपालिकाका २१ बर्षिय पुरुष पनि डिस्चार्ज भएका छन् ।

जनकपुरस्थित प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालबाट ७ जना पुरुषहरु समेत उपचार पश्चात डिस्चार्ज भएका छन् ।

पछिल्लो चौविस घण्टामा ३७ जना सहित यस प्रदेशमा हालसम्म २ सय ६३ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]