२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

लकडाउन बाट प्रभावित एक सय घरपरिवारलाई जनमत पार्टीको राहत

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम , ३१ जेठ । विदेशमा रहेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा  लकडाउनबाट प्रभावित एक सय घरपरिवारलाई राहत वितरण गरेका छ ।

सिरहाको औरही गाउपालिका वडा नम्बर ४ इटाटारका एक सय अति विपन्न घरपरिवारलाई छाक टार्न समस्या भएको देखेपछि जनमत पार्टीका वडा कार्यसमिति सहकार्यमा राहत वितरण गरेको पार्टीका वडा संयोजक देवेन्द्र यादवले जानकारी दिएको छ ।

संयोजक यादवका अनुसार राहतमा चावल,आटा,दाल,मुर्ही,नुन,तेललगाइतका सामाग्री वितरण गरेको छ ।

सो राहत वितरण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजकुमार यादव प्रशिक्षण विभाग प्रमुख संजय यादव औरही गाउपालिका संयोजक पंकज कुमार सिंह लगाइतका स्थानिय युवाहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]