१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

बलानबिहुल गाउँपालिकाको भवन शिलान्यास कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

मनोज बनैता/रासिन्द्र यादव
सप्तरी, ३१ जेठ।सप्तरीको बलानबिहुल गाउँपालिकाले कार्यपालिका भवनको शिलान्यास गरेको छ । लामो समय देखि भौतिक संरचना बिना सकस झेल्दै आएको उक्त गाउँपालिकाले गाउँपालिका भवनको लागि बोलपत्र आह्वान गरेका थिए जसमा धनगढीमाई नगरपालिका १० स्थित नायरा कन्सट्रक्सन प्रालि. ले ठेक्का पाएका छन । गा.पा भवन निर्माण मूल्य अभिवृद्धि कर बाहेक जम्मा १ करोड १९ लाख ९७ हजार ३ सय ४२ रुपैयाँ ५० पैसामा बन्ने भएको छ ।

शिलान्यास कार्यक्रम शुक्रवार गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको अध्यक्षतामा भएको थियो । दिउसो सुचारु भएको उक्त कार्यक्रममा सम्पुर्ण वडाका अध्यक्षहरु लगायत गाउँपालिकाका स्थानीय, किसान, ब्यापारी, बुद्धिजीवी, पत्रकारलगायतको समेत उपस्थिति रहेको थियो । जिल्लाकै कान्छो गाउँपालिकाको रुपमा चिनिने बलानबिहुलमा भवनको कमीले गर्दा सेवाग्राही समस्या झेल्दै आएको कुरा त्यहीँका सब ईन्जिनियर सन्तोष रजकले बताए ।

भवन निर्माण पश्चात् काम गर्न सहज हुनुको साथ साथै सेवाग्राहीलाई पनि सेवा लिन ज्यादै सजिलो हुने बिश्वास लेखा प्रमुख सुभाष कर्णले गरेका छन।त्यसैगरी लेखा शाखाका कमलेश साहले कार्यालय बिना काम गर्न सार्है अप्ठ्यारो हुने र अनियंत्रित भिडभाड ले कर्मचारी समेतलाई दबाब भईरहेको हुँदा भवन बनाउनु निर्विकल्प भएको बताए ।

बोदे बरसाईन नगरपालिका बाट छुट्टिएर बनेका बलानबिहुल गाउँपालिकामा जम्मा ६ वडाहरु छन । नगरपालिकाबाट अलग्याउनुमा अहम भुमिका खेलेका अध्यक्ष गोई्तले नयाँ भवनको सवालमा सबैजसो प्रतिनिधिका मनोबिज्ञानलाई समेटेका छन । शिलान्यास कार्यक्रममा नेकपा नेता छ्त्र नारायण यादव, जसपा नेता रामेश्वर यादव र जसपाका अर्का नेता दिगम्बर यादव समेतले सामुहिक रुपमा ईटा राखी पुजा गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]