२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

प्रहरीको यातनाकै कारण शम्भुको मृत्‍यु :स्थलगत अध्ययन समिती

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२ असार। थुनुवा कक्षमै मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्नाबारे स्थलगत अध्ययन समितीले स्थलगत अध्ययन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

पत्रकार बिपी साहको संयोजकत्वमा अम्बेडकरी तथा बहुजन अध्यता राजकिशोर रजक, दलित अभियानकर्ता पंचु माझी, स्थानीय शिक्षक रामदयाल सदा र दलित अभियानकर्ता मोहन सदा सदस्य रहने गरी निर्माण भएको अनुगमन समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

समितिका संयोजक साहले मृतकको घर, इलाका प्रहरी कार्यालय सबैला, घट्नामा मुछिएका व्यक्तिहरुको स्थानमा गई स्थलगत अध्ययन गरेको जानकारी दिए ।

प्रतिवेदनमा ट्याक्टर दुर्घटनाका बेला शम्भु सदाले लाइसेन्स नभएको लेबरलाई ट्याक्टर चलाउन दिएर दुर्घटना गराएको आरोप लगाउँदै प्रहरीले सदालाई बारम्बार शारीरिक र मानसिक यातना दिएको देखिएको उल्लेख गरिएको छ ।

यो यातना दिदैं प्रहरीले सदासँग पैसा माग गरेको र सदाले पैसा दिन नसक्दा मृतक र गाडी मालिकबीच सहमति भइसकेको राति पैसा माग्दै यातना दिने क्रममा शम्भुको मृत्यु भएको निष्कर्ष निकालिएको छ ।

शम्भुको मृत्युपछि प्रहरीले शौचालयमा लगेर झुण्ड्याएको र शौचालयको गेटमाथि खाली रहेको भागबाट हात वा व्यक्ति पसेर शौचालयको भित्रको चुकुल लगाएको पाइएको प्रतिवेदनमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]