१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

प्रहरीको यातनाकै कारण शम्भुको मृत्‍यु :स्थलगत अध्ययन समिती

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२ असार। थुनुवा कक्षमै मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्नाबारे स्थलगत अध्ययन समितीले स्थलगत अध्ययन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

पत्रकार बिपी साहको संयोजकत्वमा अम्बेडकरी तथा बहुजन अध्यता राजकिशोर रजक, दलित अभियानकर्ता पंचु माझी, स्थानीय शिक्षक रामदयाल सदा र दलित अभियानकर्ता मोहन सदा सदस्य रहने गरी निर्माण भएको अनुगमन समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

समितिका संयोजक साहले मृतकको घर, इलाका प्रहरी कार्यालय सबैला, घट्नामा मुछिएका व्यक्तिहरुको स्थानमा गई स्थलगत अध्ययन गरेको जानकारी दिए ।

प्रतिवेदनमा ट्याक्टर दुर्घटनाका बेला शम्भु सदाले लाइसेन्स नभएको लेबरलाई ट्याक्टर चलाउन दिएर दुर्घटना गराएको आरोप लगाउँदै प्रहरीले सदालाई बारम्बार शारीरिक र मानसिक यातना दिएको देखिएको उल्लेख गरिएको छ ।

यो यातना दिदैं प्रहरीले सदासँग पैसा माग गरेको र सदाले पैसा दिन नसक्दा मृतक र गाडी मालिकबीच सहमति भइसकेको राति पैसा माग्दै यातना दिने क्रममा शम्भुको मृत्यु भएको निष्कर्ष निकालिएको छ ।

शम्भुको मृत्युपछि प्रहरीले शौचालयमा लगेर झुण्ड्याएको र शौचालयको गेटमाथि खाली रहेको भागबाट हात वा व्यक्ति पसेर शौचालयको भित्रको चुकुल लगाएको पाइएको प्रतिवेदनमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]