२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

अंगीकृत नागरिकता सम्बन्धी नेकपाको निर्णय विभेदकारी : प्रमुख सचेतक अरगरिया

Logo
प्रकाशित आइतबार, आषाढ ०७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, ७ असार । जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विवाह गरेर आउने महिलालाई सात बर्षपछि नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको निर्णयप्रति पुर्नविचार गर्न ध्यानाकर्षण गराएका छन् ।
सचेतक अरगरियाले आईतबार बिज्ञप्ती जारी गर्दै नेकपाको यो निर्णय विवेकहिन, सम्प्रदायिक र विभेदकारी रहेको बताएका छन् ।

नागरिकता प्राप्ति गर्ने प्रकृयामा पुरुष र महिला अर्थात बुहारी र ज्वाइँबीच असमानता र विभेद गरिनुहुन्न’ अरगरियाले भनेका छन्, “यो ऐन मुख्यतः मधेसी समुदाय प्रति लक्षित गरिएको भएतापनि यसले लैङ्कि असमानता र जातीय विभेदलाई नै निरन्तरता दिने कार्य गरेको छ ।”

यसबाट राज्यबिहिनताको स्थिति सृजना भई राष्ट्रिय एकताको भावनालाई पनि कमजोर पार्ने जनाउँदै अरगरियाले वैवाहिक अङगीकृत नागरिकताको सम्बन्धमा पहिलाकै संविधानहरु र नागरिकता ऐनमा भएको ब्यवस्था नै उपयुक्त हुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाह । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदी बन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदी बन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जनाको क्षमता रहेको छ । कारागारमा महिला, […]

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिराहाका एसपी सन्तोष आचार्यमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोप आचार्यमाथि छ । साहलाई प्रहरी प्रधान कार्यालयको गोप्य टोलीले शनिबार पक्राउ गरेको छ । साह हुन्डी कारोबार तथा तस्करीको सेटिङ मिलाउने व्यक्तिका रूपमा चिनिन्छन् । उनको एसपी आचार्यसँग पनि निकटता […]

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]