०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

शिक्षक जनमत संघ सप्तरी गठन

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

कमल कुमार मण्डल
राजविराज, ९ असार ।डा. सिके राउत नेतृत्व जनमत पार्टीको भातृ संगठन अन्तर्गत शिक्षक जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ ।

सप्तरीको राजविराज स्थित रहेका जनमत पार्टी सप्तरीको कार्यलयमा बुधवार अयोजना गरिएको एक कार्यक्रम बिच अशोक कुमार साहको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

यसै गरी सह-संयोजकमा दिपक सिंह, सचिव शिव शंकर साह, सहसचिव ओम प्रकाश रजक, कोषाध्यक्ष ललिता सिंह रहेका छन् भने सदस्यमा विरेन्द्र, रामभरोस, सुधा, रमेश, जलेश्वर, खुशिलाल, शिवशंकर, रविन्द्र, रोशन, मनोज, राधेश्याम, शुनिल, पंकज, श्यामकुमार यादवलगायतका व्यक्तिहरुलाई चयन गरिएको छ ।

शिक्षक जनमत संघका केन्द्रिय सदस्य तिरथानन्द यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि जनमत पार्र्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशी रहेको थिए ।

कार्यक्रममा जनमत पार्टीको केन्द्रिय सदस्य तथा सञ्चार प्रमुख एवम सप्तरीका इन्चार्ज सुर्यदेव यादव, सोहि पार्टीको केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय समितिको उपाध्यक्ष एवम गैर आवासिय मधेशी संघ कतारका प्रतिनिधि सुरेन्द्र नारायण यादव, जनमत पार्टी सप्तरीका संयोजक चन्देश्वर मण्डल (किसान), जनमत युवा संघ सप्तरीका संयोजक मनोज यादव, राजविराज नगर संयोजक नारायण यादव, जनमत शिक्षक संघका केन्द्रिय सदस्य श्रवण कुमार शर्मा, लोकेन्द्र ठाकुर, रामकुमार शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षा तथा पठन पाठनको गुणस्तर बढाउन, शिक्षकहरुको हक हितको लागि संघर्ष गर्नका लागी नै यो संगठनको आवश्यकता भएको वक्ताहरुको भनाई रहेको थियो । कार्यक्रममा उद्घोषण जनमत पार्टी सप्तरीका सदस्य सञ्जय मधेशीले गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]