१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

नागरिकता विधेयकको विरोधमा ढल्केवरमा प्रदर्शन

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ असार। नागरिकता ऐन संसोधन विधेयकको विरोधमा ढल्केवरमा प्रदर्शन गरिएको छ ।

जनमत पार्टीले विधेयकप्रति असहमति जनाउँदै मंगलबार ढल्केवरमा प्रदर्शन गर्दै कोणसभा समेत गरेको हो ।

ढल्केवरको पार्कवाट सुरु भएको विरोध प्रदर्शन नगरका कुशवहा चौक,कृषि बजार लगाइत विभिन्न स्थान परिक्रमा गर्दै पुर्न : ढल्केवरको पार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले ‘मधेशी विरुद्ध नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली सरकार राजनीमा देऊ’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा जनमत पार्टी धनुषाका ईन्चार्ज अनिता साह,दलित जनमत संघका नेता रघुबिर दास,पार्टीका युवा नेता ओम बिक्रम कुशवहा,राजेश साह लगायतको सहभागिता रहेको थियो ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले मधेशका विभिन्न जिल्लाहरुमा पनि नागरिकता विधेयकविरुद्ध प्रदर्शन गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]