२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

भवन बनाइदिन बुझाइयो ज्ञापन

Logo
प्रकाशित बुधबार, आषाढ १०, २०७७

न्यूजमधेश डेस्क 
जनकपुरधाम्,१० असार । । धनुषाको औरी गाउँपलिकामा सामुदायिक भवन बनाइदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाइएको छ ।

सांसद उमाशंकर अरगरियाले उपलब्ध गराएको बजेट स्थानीय तहले कार्यान्वयन गर्न नचाहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको हो ।

सांसद अरगरियाको संसदीय कोषबाट औरही गाउँपालिका ३ मा मण्डल सेवा समितिको जग्गामा सामुदायिक भवन निर्माणका लागि रु ५० लाख योजना छुट्टयाइएको छ । तर गाउँपालिका अध्यक्ष ब्रहमदेव यादव र प्रमुख प्रशासकीय अधिकत सन्तोष शर्माले उक्त कार्य सम्पादन गर्न नचाहेको भन्दै जनता समाजवादी पार्टीका स्थानीय नेताहरुले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बु्झाएका छन् ।

ज्ञापनमा सामुदायिक भवनको कार्य सम्पादन गर्न आग्रह गर्दै आएपनि अध्यक्ष र प्रशासकीय अधिकृतले दूषित मनसाय राखीे कार्य सम्पादन गर्न गर्न नचाहेकाले गराइदिन आग्रह गरिएको छ ।

जनता समाजवादी पाटीएका गाउँपालिका संयोजक शत्रुद्यन यादव, स्थानीय नेताहरु प्रमोद कुमार अधिकारी, गोकुल मण्डल, आनन्द अधिकारी, कमलदेव मण्डलसहितकाले ज्ञापन पत्र बुझाएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]