२० चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

‘बजेट सामानुपातिक र सन्तुलित छ’

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

न्यूजमधेश सम्बादाता
विराटनगर ,११ असार ।प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समानुपातिक प्रणालीको आधारमा बजेट विनियोजन भएको बताउनुभएको छ ।

प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक–२०७७ अन्तर्गत सामाजिक विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि प्रदेश सभा सदस्यले उठाउनुभएको प्रश्न तथा जिज्ञासाको जवाफ दिदैं उहाँले बदलिँदो परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले सन्तुलित बजेट ल्याएको बताउनुभयो ।

मन्त्री घिमिरेले बालबालिकालाई पोषण कार्यक्रम, आङ खस्ने महिलालाई उपचारको व्यवस्था, लैङ्गिग हिंसा न्यूनीकरण, अपाङ्गगता भएका र दलित तथा विद्यालय सुधार जस्ता कार्यक्रममा बजेट विनियोजन भएको उल्लेख गर्दै मेची अस्पताललाई प्राथमिकतामा राखेर यसको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

“विकासको मूल प्रवाहीकरणबाट पछाडि परेका विभिन्न जातजाति, वर्ग, लिङ्ग र समुदायको सशक्तिकरण तथा उत्थानका लागि बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “प्रदेशका १३७ वटै स्थानीय तहमा खेल मैदानका लागि बजेट व्यवस्था भएको छ भने विराटनगरमा सरकारी कर्मचारीलाई लक्षित गरी शिशु स्याहार केन्द्र निर्माण गरिने छ ।”

मन्त्री घिमिरेले धनकुटामा शिक्षण अस्पताल निर्माण गर्न सरकार पछि हटेको छैन भन्दै सबै अस्पतालमा शव परीक्षण गर्ने व्यवस्थासहित बजेट विनियोजन भएको जानकारी दिनुभयो । उहाँले बजेटको क्षमता र सीमामा रही सबै वर्ग र तहका मानिसलाई लाभ पु¥याउन ‘छोरी बीमा कार्यक्रम’ बजेटमा समावेश भएको छ भन्नुभयो ।

यसैगरी विनियोजन विधेयक–२०७७ अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको विभिन्न शीर्षकमाथि एंव बैठकको शून्य तथा विशेष समयमा सदस्यले उठाउनुभएको प्रश्न तथा जिज्ञासाको जवाफ दिदैं भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले यो प्रदेशमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको अभाव नरहेको स्पष्ट पार्नुभयो ।

किसानलाई सहुलियत बीउविजन उपलब्ध हुने र कृषिमा दिइने अनुदानले साना किसान लाभान्वित हुनेमा जोड दिदैं उहाँले नेपालबाट भारततर्फ निकासी हुने चिया, अलैँची र अदुवामा कुनै समस्या नदेखिएको र पूर्वी नाका मात्र नभएर निकासीका लागि अन्य नाका पनि प्रयोग गर्न व्यापारीहरुलाई आग्रह गर्नुभयो ।

राज्यमन्त्री मगरले किसानको मकै खेतमा लागेका फौजी कीरा धपाउन एउटा कार्यदल बनाएर त्यसको व्यवस्थापन गरेको पनि जानकारी दिनुभयो ।

छलफलमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, मोहनकुमार खड्का, राजकुमार ओझा, शिवनारायण गनगाँई र सावित्रा जोशीले साना र वास्तविक किसानलाई मात्र लाभ हुने गरी अनुदान दिन आग्रह गर्नुभयो । उहाँहरुले विदेशबाट फर्किने युवालाई कृषिमा समाहित गराउन बिनाधितो रु १० लाख क्रृण दिनुपर्ने माग गर्दै कृषि विकास बैंकले कम्तिमा कृषि क्षेत्रमा ५० प्रतिशत लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँहरुले किसानलाई समयमै मलखाद र बीउविजनको उलब्धतातर्फ मन्त्रालय गम्भीर हुनुपर्ने भन्दै साना तहका सबै किसानलाई सहुलियत क्रृण एवं अनुदानको सुनिश्चिता गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी बैठकको शून्य समयमा सदस्य उत्तमकुमार बस्नेत, कला घले, लोकप्रसाद सङ्ग्रौला र हिमाल कार्कीले समसामयिक विषयवस्तुमाथि बोल्नुभयो ।

प्रदेशसभाको अर्को बैठक शुक्रबार मध्याह्न १२ बजे बस्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]