०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

पौडी खेल्न गएका एक युवक बेपत्ता

Logo
प्रकाशित आइतबार, आषाढ १४, २०७७

न्यूजमधेश सम्बादाता
रौतहट, १४ असार। राजपुर नगरपालिकास्थित लालबकैया नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् ।

नदीमा पौडी खेल्न गएका वडा नं ८ का शेख कलिमका छोरा २५ वर्षीय शेख फिरोज आज अपराह्न ३ः०० बजे बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता युवकको खोजी भइरहेको उद्धारमा संलग्न इलाका प्रहरी कार्यालय राजपुरीका प्रमुख प्रहरी नायब निरीक्षक दीपक गुप्ताले बताउनुभयो ।

शेख फिरोजसँगै नदीमा बेपत्ता भएका र सोही ठाँउका ३० वर्षीय हजारी मियाँलाई घटनास्थलबाट ३०० मिटर पर जिवितै उद्धार गरिएको प्रहरी नायब निरीक्षक गुप्ताले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]