२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

प्रादेशिक सडक योजना प्राथमिकतामा

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

न्यूजमधेश डेस्क
विराटनगर, १५ असार ।प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्विर बाबु गुरुङले सरकारले बहुवर्षीय सडक योजना, मुख्यमन्त्री ग्रामीण सडक र प्रादेशिक सडक योजनालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उहाँले खानेपानी र सिँचाइको योजना छनोट गर्दा प्रदेशसभा सदस्यकै मागअनुसार गरेको प्रष्ट पार्नुभयो ।

राज्यमन्त्री गुरुङले बोलपत्र आह्वानबाट ठेक्का लागेका योजना कुनै पनि नकाटिएको र यदि त्यसो भएको भए समाधान हुने भन्दै बजेट न्यायोचित ढङ्गले वितरण गरेको जिकिर गर्नुभयो । बहुवर्षीय सडक भूगोल र क्षेत्रका आधारमा फरकफरक भएकाले सोहीअनुसार बजेट विनियोजन भएको जानकारी दिँदै राज्यमन्त्री गुरुङले आगामी दिनमो यस्ता योजनाको मापदण्ड निर्धारण गरिने धारणा राख्नुभयो ।

उहाँले नयाँ योजना कुनै पनि नराखेको र योजनाको प्रस्ताव एवं छनोट एकद्वार प्रणालीबाट गरेको जानकारी दिनुभयो । प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) बमोजिम विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल शुरु भयो । छलफलमा प्रदेशसभा सदस्यले मन्त्रालयले विनियोजन गरेको बजेट न्यायोचित नरहेको र प्रदेशका महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकास एवं सम्वद्र्धनमा ध्यान नदिएको धारणा राख्नुभयो ।

उहाँहरुले सुनसरी, मोरङ, झापामा धार्मिक एवं पर्यटकीयस्थलको विकासका लागि धेरै योजना पर्नु र पहाडी जिल्लामा सम्भावित स्थानका बारेमा बजेट नपर्नुमा मन्त्रालयको ध्यानाकर्षण गराउँदै सदस्यहरुले सकिन्छ भने कमीकमजोरीलाई सच्याउन आग्रह गर्नुभयो ।

छलफलमा सदस्यहरु उपेन्द्रप्रसाद घिमिरे, उषाकला राई, कुलप्रसाद साम्बा, केदार कार्की, खिनु लङ्वा लिम्बू, प्रतापप्रकाश हाङ्गाम, राजकुमार ओझा, बलबहादुर साम्सुहाङ, लक्ष्मण तिवारीले आआफ्नो धारणा राख्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]