२२ बैशाख २०८२, मंगलबार
06-05-2025 , Tue
×

बोदेबर्साइन नगरपालिकाका मेयर सिंह धान रोपेर मनाए धान दिवस !

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

न्यूजमधेश सम्बादाता
राजविराज, १५ असार । आज १७ औं विश्व धान दिवसको अवसरमा  बोदेबर्साईन नगरपालिका वडा नम्बर ५ मा  धान रोपेर धान दिवस मनाउनु भएको छ ।

नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख रामराजा केशरी, सशस्त्र बेश क्याम्प बोदे बर्साईनका प्रमुख हिमाल केसीले धान रोपेर १७ औं विश्व धान दिवस मनाउनु भएको छ ।

सो कार्यक्रममा  बर्साईन नगरपालिका वडा नम्वर–५ का अध्यक्ष मो मजेबुल रहमान, वडा नम्वर २ का अध्यक्ष दिगम्बर यादव, पशु शाखा र कृषि शाखा बोदे बर्साईनको कर्मचारी, बोदे बर्साईन नगरपालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनीधि, वुद्धिजीवी, किसान, युवाहरु  समेतको सहभागिता रहेको थियो ।

मिथिला प्याज खेती कृषक समुह बोदे बर्साईन नगरपालिका वडा नम्वर ५ को सहयोगमा तथा बोदेबर्साईन नगरपालिकाको पहलमा कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा स्थानीय गङ्गा प्रसाद यादव समेतको सहयोग रहेको थियो ।

नगरपालिकाका मेयर सहित जनप्रतिनीधि, राजनीतिकर्मी समेतले सामुहिक रुपमा धान रोपाई समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]