१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

नागरिकता विधेयक खारेजको माँग गर्दै जसपाको बिशाल जुलुस प्रदर्शन

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

उमेश कु. साह
राजविराज, १५ असार । नागरिकता विधेयक खारेजको माँग गर्दै सप्तरीको बोद बर्साईनमा जनता समाजबादी पार्टीको बिशाल जुलुससहित बिरोध प्रदर्शन गरिएको छ ।

जनता समाजबादी पार्टीले नागरिकता विधेयक बिरुद्ध जुलुससहित नारा बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनका क्रममा नागरिकता विधेयक खारेज गर, महिला बिरुद्धको विभेद अन्त्य गर, अधिनायकवाद मुर्दावादका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गरिएको थियो ।

जुलुस प्रदर्शन पश्चात् आयोजित कोणसभालाई जनता समाजबादी पार्टीको यूवा नेता तथा जिल्ला सदस्य अरुण कुमार यादव र अमरेन्द्र कुमार यादवको अध्यक्षतामा तथा जनता समाजबादी पार्टीको केन्द्रिय कार्यकारी नेता अनिरुध कुमार सिंह यादवको प्रमुख अतिथिमा बिरोध प्रदर्शन भएको छ।

साथै बिशिस्ठ अतिथीमा जनता समाजबादी पार्टीको केन्द्रिय सदस्य दिनेश कुमार यादव , बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादव , मो. दाउद अलि , राम प्रसाद चौधरी , दिनेश कुमार यादव ,गायतले सम्बोधन गर्दै नागरिकता सम्बन्धी सरकारले ल्याएको संशोधन विधेयक खारेज नगरे आन्दोलन चर्काउने र सरकारलाई विधेयक फिर्ता लिन बाध्य पार्ने चेतावनी दिएका थिए ।

बोदे बर्साईन नगरपालिकाको सम्पुर्ण जनता समाजबादी पार्टीको वार्ड अध्यक्षहरु , प्रतिनिधि , किसान , राजनीतिकर्मी , युवा , विद्यार्थी , सल्लाहकार पत्रकार र हजारौं संख्यामा अस्थानिय नागरिक द्वारा नागरिकता बिधेयक खारेज गर्न माग गर्दै प्रदर्शन र नाराबाजि समेत गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय कडरबोना ,बोदे बर्साईन तथा सशस्त्र बेस क्याम्प बोदे बर्साईनको प्रमुखको टोलि समेत हुदा , आन्दोलनकारीको संख्या र समाजवादी युवा संघका युवा हरूको उल्लेखनीए सहभागिताबढी हुन भएकाले जनता समाजबादी पार्टीको बिरोध प्रदर्शन सफल तथा अगामी दिन सरकारलाई बिधेयक खारेज फिर्ता नगरे सम्म आन्दोलन हुने छ प्रमुख अतिथि यादवले बताए ।

कार्यक्रमको बीच प्रधानमन्त्री के. पि ओलि शर्माको पुतला समेत बनाएर मुर्दा बादको नाराबाजि गरिएको थियो । जनता समाजबादी पार्टीको प्रदर्शनकारी र प्रहरी बीच झड़प समेत भएको ईलाका प्रहरी कार्यालय कडरबोनाको प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]