२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

नागरिकता विधेयक खारेजको माग गर्दै जनमत पार्टीद्वारा बिरोध प्रदर्शन

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ असार।बिहे गरेर नेपाल ल्याउने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिन लागिएको बिरोधमा जनमत पार्टी धनुषाद्वारा जनकपुरधाममा सोमबार प्रदर्शन गरिएको छ ।

पार्टीका धनुषा ईन्चार्ज अनिता साहको नेतृत्वमा कालोपट्टी बाँधेर प्रदर्शन गरिएको हो ।

जनमत पार्टी कार्यालय अगाडिबाट निकालिएको बिरोध प्रदर्शनमा विभेदकारी नागरिकता विधेयक खारेज गर ,अधिकार खोस्न बन्द गर ,मधेशी एकता जिन्दावाद जस्ता नाराहरु लगाउदै रमानन्द चौक, पिडारी चौक, मधेश भवन, भानु चौक, कदम चौक, मुरली चौक हुँदै जनक चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै पार्टीका नेताहरुले यो नागरिकता विधेयक सच्याएर नल्याए आन्दोलन नथामिने बताए । उनीहरुले यो नागरिकता विधेयक मधेश बिरोधी रहेको बताए ।

जनमत पार्टी धनुषा इन्चार्ज साहले दुई तिहाईको दम्भमा विदेशी महिलालाई विवाहको सात वर्षपछि मात्र बैवाहिक अंगिकृत नागरिकता दिने निर्णय गरेको दाबी गरिन् । उक्त निर्णय अविलम्ब सच्याउन आग्रह गर्दै उनले निर्णय नसच्याईए सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिइन् ।

पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादवले नागरिकता सम्वन्धी प्रावधान विभेदकारी रहेको भन्दै निर्णय सच्याउनुपर्ने बताए ।

कोणसभामा पार्टीका जिल्ला नेता राजेन्द्र यादव, दिपनारायण यादव, लक्ष्मेश्वर यादव,धनाबिर ठाकुर , उपेन्द्र रोहिता, जनमत विद्यार्थी संघका केन्द्रीय सदस्य नवीन पण्डित, धिरज मण्डल, विद्यार्थी जनमत संघ धनुषाका इन्चार्ज बिजय यादव लगायतका नेता तथा कार्यकर्ताहरुले नागरिकता विधेयकको विरुद्धमा आ आफ्नो धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]