१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

जनमत पार्टीद्वारा नागरिकता विधेयकको विरुद्धमा घर -घरमा कालो झन्डा (फोटो फिचर)

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ असार ।विदेशी महिला संग विवाह गरेर नेपाल आउने महिलालाई ७ बर्षपछि अंगीकृत नागरिकता दिने विधेयकको विरुद्धमा डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार मधेशभारी घर घरमा कालो झण्डा गाडेर विरोध गरेको छ ।

संघीय संसदको प्रतिनिधिसभामा छलफलमा रहेको नागरिकता विधेयक मधेशी विरुद्ध रहेको भन्दै जनमत पार्टीले आन्दोलनको कार्यक्रम असार ७ गते घोषणा गरेको थियो ।

त्यसै आन्दोलनको कार्यक्रम अनुसार मंगलबार १० औं घर घरमा कालो झण्डा गाडेर विरोध गरेको छ । पुर्व घोषित कार्यक्रम अनुसार मंगलबार मधेशका विभिन्न जिल्लामा विभिन्न स्थानमा कालो झण्डा गाडिएको छ ।

सोही कार्यक्रम अनुसार बुधबार सम्पूर्ण जिल्लामा सिटी जुलुस प्रदर्शन गर्ने तयारी गरिएको छ । यसैगरी विहीबार भैंसी जुलुस र शुक्रबार विधेयक जलाउने तथा शनिबार थप कार्यक्रम घोषणा गर्ने जनमत पार्टी केन्द्रीय सदस्य संत्यनारायण मण्डलले बताएको छ ।

मधेशका विभिन्न जिल्लामा विभिन्न स्थानमा कालो झण्डाको केहि दृश्यहरु

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]