२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

पाशुपत क्षेत्रको विकासमा कोष क्रियाशील

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

न्यूजमधेश सम्बादाता
काठमाण्डौ,१७असार । पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रको पूर्वाधार विकास तथा सम्पदा संरक्षणमा सक्रियताका साथ लागेको बताएको छ ।

प्रतिनिधिसभा, अन्तर्राट्रिय सम्बन्ध समितिमा आज भएको बैठकमा कोषका पदाधिकारीले चालु आर्थिक वर्षमा गुरुयोजना कार्यान्वयनमा भएका प्रगतिबारे जानकारी गराए ।

समितिका सभापति पवित्रा निरौला (खरेल) को अध्यक्षतामा भएको बैठकमा उनीहरूले जनशक्तिको अभाव, सर्वाजनिक खरिद ऐनमा भएका व्यवस्थाले विनियोजित बजेट खर्च गर्न कठिन भएको, कतिपय विकास–निर्माणका काम प्रारम्भ गर्न काठमाडौँ महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभागलगायत निकायहरूबाट स्वीकृति र सहमति लिनुपर्ने व्यवस्थाले कार्यसम्पादनमा विलम्ब भएको तथा धार्मिक, सांस्कृतिक एवं परम्पराका नाममा बेलाबेलामा व्यवधान उत्पन्न हुने गरेको उनीहरुको गुनासो थियो ।

भूकम्पपछिको पुनःनिर्माणमा गत आवमा रु १३ करोड ११ लाख खर्च भएको तथा ढल व्यवस्थापन, सडक, मन्दिर, पाटी र सत्तलको पुनःनिर्माण मर्मतसम्भार जारी रहेको छ ।

दर्शनार्थी तथा पर्यटकको सेवा सुविधाका निम्ति विश्रामस्थल, उद्यान व्यवस्थापन, शवदाहगृह निर्माण एवं सञ्चालन, पाशुपत क्षेत्रको साङ्ख्येय नक्साङ्कन (डिजिटल म्यापिङ), गुुह्येश्वरी–गौरीघाट नदी किनारको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]