१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

पर्खालले किचेर बालकको मृत्युः प्रदर्शन जारी

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

न्यूजमधेश सम्बादाता
सप्तरी ,१८ असार। भत्किएको घरले किचेर सप्तरीको खडक नगरपालिका–१ सिस्वामा आज एक बालकको मृत्यु भएको छ ।

उपभोक्ता समितिले सडकको आरसीसी ढलान गर्न माटो सम्याउने काम गरिरहेका बेला बाबु झाको घरको पर्खाल ढलेर स्थानीय ८ वर्षीय उमेश मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

रोलर मेसिनको भ्याब्रेटको असरका कारण पिलर नभएको घरको पर्खालको गारो भत्किएर बालकमाथि खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक रामराजा केशरीले बताउनुभयो । वर्षाको पानीले समेत भिजेर घरको गारो कमजोर भएको हुनसक्ने उहाँले बताउनुभयो ।

घटनास्थलमै बालकको शव राखी गाउँलेहरु र मृतकका परिवारका सदस्यहरुले प्रदर्शन गरिरहेका छन् । खडक नगरपालिकाबाट लापरवाहीयुक्त काम भएको भन्दै प्रदर्शनकारीहरुले घटनाको जिम्मा लिन र उपभोक्ता समितिका पदाधिकारीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

उनीहरुले क्षतिपूर्तिको माग राखी शव उठाउन नदिएपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय कडरबोना, इलाका प्रहरी कार्यालय कल्याणपुर र सशस्त्र प्रहरीको टोली पुगेको छ । ठूलो सङ्ख्यामा परिचालित टोलीले चालकलाई पक्राउ गरी हदैसम्मको कारवाही गर्ने र अन्य आवश्यक प्रक्रियाका लागि पहल गर्ने बताए पनि प्रदर्शन जारी छ ।

छबिल मण्डलको अध्यक्षतामा गठित उपभोक्ता समितिले असारको अन्तिम समयमा नगरपालिकाकै लोडर र स्काभेटर लिएर हतारहतार काम गर्न खोज्दा बालकको ज्यान गएकाले उपभोक्ता समितिका अध्यक्षलगायतलाई कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् ।

काम गर्ने बेलामा उपभोक्ता समितिका पदाधिकारीहरु उपस्थित नरहेको र काममा खटाइएका रोलर, स्काभेटरका चालकका साथै मजदूरले समेत पर्खाल भत्किएर बालक च्यापिँदासमेत वास्ता नगरेको स्थानीयवासीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]