२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका दलित समुदायमाथि प्रहरीद्वारा बल प्रयोग

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ असार। प्रादेशिक अस्पतालको आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा प्रदर्शनमा उत्रेकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

दलितहरुको उल्लेख्य सहभागिता रहेको जुलुस नाराबाजी गर्दै बजार परिक्रमा गर्ने क्रममा मुख्यमन्त्री कार्यालय अगाडि पुग्दा प्रहरीले रोक्न खोजेका थिए । जुलुस नरुकेर लगातार जान लाग्दा प्रहरीले लाठी प्रहारका साथै अश्रु ग्यास समेत प्रहार गरेको दलित युवा पचु माझीले बताए ।

प्रहरीले गरेको लाठी चार्जबाट केहि व्यक्ति घाइते भएका छन् । दुई जनाको टाउको नै फुटेको दलित समुदायका अगुवा माझीले बताए । उनका अनुसार कल्याण सदा र रामप्रित सदाको टाउको फुटेको छ ।

दलित संघर्ष समितिको अगुवाईमा निकालिएको बिरोध जुलुसमा धनुषाको बिभिन्न ठाउँबाट हजारौं दलित समुदायले सहभागिता जनाएका थिए । प्रहरीले प्रदर्शनमा सहभागी केहि व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ ।

धनुषाका प्रहरी प्रमुख रमेश कुमार बस्नेतले मुख्यमन्त्री कार्यालयमा ढुँगामुडा गर्न गएका कारण बल प्रयोग गर्नुपरेको बताएका छन् । उनले ढुँगामुडाबाच जोगाउन ५ राउण्ड हवाई फायर र ६ राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको जानकारी दिए ।

प्रहरीले बिना कारण आफूहरुमाथि बल प्रयोग गरेको भन्दै अगुवाहरुले आन्दोलनलाई झन चर्काउने बताएका छन् । अगुवा चन्देश्वर सदाले भने, “प्रहरीले बन्दुक देखाएर हामीलाई तर्साउन खोज्यो, तर हामी तर्सिनेबाला छैनौं । आन्दोलन अझ चर्काे हुन्छ ।”

उनले न्याय माग्दा प्रहरीले अन्याय गरेकाले आन्दोलनलाई निरन्तरता दिइने बताए ।

गत असार ९ गते आइसोलेसनमै छटपिटएर धनुषाको हंसपुर नगरपालिकाका १६ बर्षीय राजु सदाको ज्यान गएको थियो ।

यस्तै, सबारी ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय सबैलामा थुनिएका स्थानीय शम्भु सदा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनको हत्या गरिएको दलित अगुवाले बताउँदै आएका छन् । राजु र शम्भुको मृत्यु सम्बन्धमा छानबिन गरी दोषीलाई कार्वाही गर्न माग गर्दै दलित संघर्ष समितिको अगुवाईमा बिहीबार प्रदर्शन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]