१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

बर्थिङ सेन्टर निर्माणको विषयमा झडपहुदा एक जनाको कानै काटियो

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ असार।धनुषा जिल्बलाको विदेह नगरपालिकामा र्थिङ सेन्टर निर्माणको विषयमा दुई वडाका बासिन्दाबीच भएको विवादले झडपको रुप लिएको छ ।झडपका क्रममा एक जनाको कान नै काटिएको प्रहरीले जनाएको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको छ ।

विदेह नगरपालिका वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माणको काम सुरु भएको छ । तर वडा नम्बर ३ का बासिन्दाले आफ्नो वडामा बर्थिङ सेन्टर निर्माण हुनुपर्ने माग राख्दै आइरहेका छन् । वडा नम्बर २ का बासिन्दाले भने त्यसको विरोध जनाउँदै आइरहेका छन् ।

बर्थिङ सेन्टर निर्माणको विषयमा यी दुई वडाबीच बिहीबारदेखि नै झडप हुँदै आइरहेको छ ।शुक्रबार बिहान पनि बर्थिङ सेन्टर निर्माणको विषयमा भएको विवादले उग्र रुप लिएपछि भिडलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरिएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

कार्कीले भने, ‘बिहीबार पनि दुवै पक्षलाई सम्झाई बुझाई गरेर फर्केका थियौं । तर भवन निर्माणको विषयमा शुक्रबार पनि दुवै पक्षले आ-आफ्नो अडान राखेर विवाद गर्न थाले । दुवै पक्षबीच भएको विवादले उग्ररुप लिएपछि अश्रु ग्यास र हवाई फायर गरेर भिडमा नियन्त्रणमा लिन बाध्य भएका हौं ।’

कार्कीका अनुसार विवाद गर्ने समूहले दुहबी सीमा प्रहरी चौकीमा समेत ढुँगामुढा गर्न थालेपछि ६ राउण्ड अश्रु ग्यास र ३ राउण्ड हवाई फायर गर्नु परेको हो ।

झडपमा एक जनाको कानै काटियो

बर्थिङ सेन्टर निर्माणकाे विषयलाई लिएर भएको झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् ।

झडपका क्रममा एक जनाको कान नै काटिएको प्रहरीले जनाएको छ । दुबै पक्षले एकअर्कामाथि ढुँगा समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।

झडपको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार अहिले यस ठाउँको अवस्था नियन्त्रणमा रहेको र बर्थिङ सेन्टर निर्माणबारे दुवै पक्षबचि छलफल भइरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]