१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

मधेशी नेता नै मधेशी जनताको राजनितिक शिकार : नेता सुरेन्द्र मधेशी

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

कमल कुमार मण्डल
राजविराज, २० असार ।मधेशी नेता नै मधेशीहरुको राजनैतिक शिकार रहेको जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले आरोप लगाएका छन् । नागरिकता विधेयक विरुद्धमा शुक्रवार अयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएको हो ।

विदेशी महिलासगँ नेपालीले बिहे गरेमा महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने ल्याएको विधेयको विरोधमा जनमत पार्टी सप्तरीद्धारा राजविराजमा प्रदर्शन सहित प्रधानमन्त्रीको पुतला समेत दहन गरिएको छ ।

स्थानिय हरिनन्देश्वर शिव मन्दिरको प्रांगनबाट निकालिएको विरोध प्रदर्शनमा विभेदकारी नागरिकता विधेयक खारीज गर, अधिकार खोस्न पाईदैन, मधेशी एकता जिन्दावाद, रंगको आधारमा विभेद गर्न पाईदैन, मधेशी सहिद जिन्दावाद जस्ता नाराहरु लागाउँदै त्रिभुवन चौक हुँदै नगरलाई परिक्रमा गर्दै शहिद दशन चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै पार्टीका नेताहरुले यो नागरिकता विधेयक नसच्याएमा हामीले कडा आन्दोलनमा उत्रिने बताए । योे नागरिकता विधेयक मधेश विरोधी रहेको दावी गरे । कोरोना भाइरसको समयमा मधेशी जनतालाई सडकमा उत्रिन सरकारले बाध्य गरिएको जनमत पार्टी सप्तरीका इन्चार्ज तथा वरिष्ठ नेतृत्व मण्डलका सुचना प्रमुख सुर्यदेव यादवले बताए ।उनी यो नागरिकता विधेयकलाई घोर भात्सर्ना गर्दै,ैं उक्त विधेयक फिर्ता लिन आग्रह समते गरे ।

कोणसभा अघि पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्रीको पुतला दहन गरिएको थियो । प्रहरीले पुतला दहन गर्ने क्रममा सामान्य अवरोध पुर्याएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय समितिको उपाध्यक्ष र गैर आवासिय मधेशी संघ कतारको प्रतिनिधि सुरेन्द्र  यादवले हामीले विभिन्न देशहरु भ्रमण गरेपनि, कुनैपनि देशमा यस्ता विधेयक नभेटिएको बताए । यो नागरिकता विधेयक विभेदकारी रहेको भन्दै यसलाई सच्याउन माँग गरे ।

जनमत पार्टी सप्तरीका संयोजक चन्देश्वर मण्डल (किसान)को अध्यक्षतामा अयोजना गरिरएको कोणसभामा अनिस अंसारी, उसमान मंसुरी, शुशिला यादव, शंकर खडगा्, मनोज यादव, आलोक यादव, जुलेखा विवि, मदनेश चौधरी, रमेश प्रसाद यादवलागायकतका पार्टीका नेता तथा कार्यक्रताहरुले नगरिकता विधेयकको विरुद्धमा आ आफनो धारणा राखेका थिए । कोणसभाका उद्घोषण तिर्थानन्द यादवले गरे भने, स्वागत मन्तव्य नारायण यादवले व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]